Trending
Prev Story
Next Story

ठूलो आवाजमा डिजे बजाउने पाँच जना पक्राउ

Ekantipur •
November 17, 2026 • 07:02 AM
3
3 reads 0 reactions

तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

ठूलो आवाजमा डिजे बजाउने पाँच जना पक्राउ

तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पर्सा — छठ घाटमा ठूलो आवाजमा डिजे बजाएर ध्वनि प्रदूषण गर्नुका साथै सार्वजनिक स्थलमा अशान्ति मच्चाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार बिहान साढे ११ बजे वीरगन्ज महानगरपालिका–१७ केहुनिया र वडा १९ बर्वास्थित तिलावे पुलको छठघाटमा ठूलो आवाजमा डिजे बजाएर शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२५ का २२ वर्षीय रोशन पटेल र २५ वर्षीय चन्दन पटेल, वडा नम्बर १० का २७ वर्षीय पृथ्वी कार्की तथा बाराको प्रसौनी गाउँपालिका–३ का ३५ वर्षीय दिनेश पटेल र वडा नम्बर २ का २८ वर्षीय मंजुर हवारी छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई कानुनबमोजिम म्याद थप गरेर अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले साइलेन्सर मोडिफाइ गरी चर्को आवाज निकाल्ने तथा आगोको झिल्का फाल्ने बुलेट लगायतका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बुलेट अपरेसन’ अभियानअन्तर्गत न...

#आवाज
Compare →
Nagarik News
5d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#आवाज
Compare →
Onlinekhabar
5d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#आवाज
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612