Trending
Prev Story
Next Story

भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

Ekantipur •
November 19, 2026 • 03:32 AM
4
4 reads 0 reactions

मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।

भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर — मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चेकजाँचका क्रममा कार छाडेर चालक फरार भएका छन्।

बुधबार राति करिब १:४० बजे भीमफेदी गाउँपालिका–२ भैंसेस्थित प्रहरी चेकपोस्टमा नियमित चेकजाँच गर्ने क्रममा पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ.ब. ४४३१ नम्बरको कारलाई प्रहरीले रोकेको थियो।

कार जाँच गर्ने क्रममा चालकले ‘केही छैन सर’ भन्दै भागेपछि प्रहरीले कारको पछाडिको डिक्की खोलेर हेर्दा साना–ठूला गरी ९ वटा पोकामा राखिएको गाँजा फेला पारेको हो। तौल गर्दा उक्त गाँजा ११७ किलो ९१० ग्राम रहेको प्रहरीले जनाएको छ।

कार र गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ। फरार चालकको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
4h ago
मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरमा कारबाट ११७ किलो गाँजा बरामद, चालक फरार

मकवानपुरको भैंसेमा प्रहरीले कारबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरेको छ।

#मकवानपुर #किलो #११७
Compare →
Onlinekhabar
3h ago
पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

पालुङबाट भैंसेतर्फ जाँदै गरेको कारमा ११७ केजी गाँजा, चालक फरार

३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ । पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार …

#मकवानपुर #११७ #चालक
Compare →
Hamro Patro News
3d ago
कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

कारको डिकीभित्र ६ किलो बढी चरेस, चालकसहित दुई जना पक्राउ

३० कात्तिक,काठमाडौं । मकवानपुरको थाहा नगरपालिका-९, चित्लाङबाट ६ किलो ४० ग्राम चरेसजस्तो देखिने लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। गए राति करिब १:४५ बजेको समयमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको ब...

#मकवानपुर #किलो #चालक
Compare →
Bizshala
2d ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#चालक
Compare →

Related Stories

National (Nepal)
Build #2612