Trending
Prev Story
Next Story

‘जीटीए सिक्स’ बिहीबार सार्वजनिक हुँदै, अग्रिम बिक्री एक अर्ब डलर नाघ्यो

Ekantipur •
November 18, 2026 • 03:02 PM
2
2 reads 0 reactions

रकस्टार गेम्सको यो नयाँ संस्करण सार्वजनिक हुनुअघि नै १.५ करोडभन्दा बढी प्रि-अर्डर र करिब १.५ अर्ब डलरको कारोबार भएको छ ।

‘जीटीए सिक्स’ बिहीबार सार्वजनिक हुँदै, अग्रिम बिक्री एक अर्ब डलर नाघ्यो

रकस्टार गेम्सको यो नयाँ संस्करण सार्वजनिक हुनुअघि नै १.५ करोडभन्दा बढी प्रि-अर्डर र करिब १.५ अर्ब डलरको कारोबार भएको छ ।

काठमाडौँ — अमेरिकाको रकस्टार गेम्सले बनाएको विश्व चर्चित ‘ग्रान्ड थेफ्ट अटो’ को छैटौँ संस्करण वा ‘जीटीए सिक्स’ बिहीबार सार्वजनिक हुँदै छ । रोयटर्सका अनुसार यो गेम सार्वजनिक हुनुअघि नै १ अर्ब डलर बराबरको बिक्री भइसकेको छ । यो गेम इतिहासकै सबैभन्दा बढी नाफा कमाउने र व्यावसायिक रूपमा सफल मनोरञ्जनात्मक उत्पादन हुने अपेक्षा गरिएको छ ।

जीटीए सिक्सले संगीत, फेसन र पर्यटन क्षेत्रमा समेत ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ । साथै, यो खेल खेल्नका लागि बिहीबार धेरै मानिसहरूले काम वा विद्यालयसमेत बिदा लिएको रोयर्टसमा पत्रकार म्याथ्यु लिकले लेखेका छन् ।

सन् २०१३ मा जीटीए फाइभ सार्वजनिक भएको १३ वर्षपछि १९ नोभेम्बरमा यो गेम लन्च हुन लागेकाले विश्वभरका फ्यानहरूमाझ ठूलो उत्साह छ । मासेबलका अनुसार हालसम्म विश्वभर २३.५ करोडभन्दा बढी प्रति बिक्री भइसकेको छ ।

गेम सार्वजनिक हुनुअघि नै १.५ देखि १.६ करोड युनिट प्रि-अर्डर भइसकेको र यसबाट करिब १.५ अर्ब डलर बराबरको व्यापार भइसकेको समाचारमा भनिएको छ । रकस्टार गेम्सकै ‘टेक-टु इन्टरएक्टिभ’ का अनुसार गेम लन्च भएको पहिलो सप्ताहन्तमा यसको बिक्री २ अर्ब डलर नाघ्न सक्छ ।

यस संस्करणमा खेलाडीहरूलाई अमेरिकाको मायामी सहरमा आधारित काल्पनिक ‘भाइस सिटी’ को आधुनिक रूप र फ्लोरिडामा आधारित काल्पनिक राज्य ‘लियोनिडा’ को परिवेशमा पुर्‍याउनेछ । यस सिरिजमा पहिलोपटक मुख्य महिला पात्रको रूपमा लुसिया कामिनोसलाई प्रस्तुत गरिएको छ । कथामा उनले आफ्नो साझेदार जेसन डुभलसँग मिलेर एक असफल डकैतीपछि सुरु भएको राज्यव्यापी षड्यन्त्र र अपराधको यात्रा तय गर्नेछिन् ।

पुराना कन्सोलहरूको सट्टा ‘प्लेस्टेसन फाइभ’ र ‘एक्सबक्स सिरिज एक्स-एसका लागि मात्र विकास गरिएको यस गेममा रकस्टारको ‘रेज’ इन्जिन प्रयोग गरिएको छ । यसले गर्दा गेमको एनिमेसन र अन्तरक्रियात्मक मौसम प्रणाली विशेष आकर्षण हुने ठानिएको छ ।

अनलाइन गेममा रुचि राख्ने नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले पनि केही समयअघि स्थानीय गेमिङ क्षेत्रका प्रतिनिधि तथा सफ्टवेयर डेभलपरहरूसँगको छलफलमा ‘जीटीए सिक्स’ बारे चर्चा गर्दै ‘त्यसले कस्तो प्रभाव पार्ला ?’ भनी कौतूहल पनि पोखेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

बुर्ज खलिफाभन्दा महँगो गेम ‘जीटीए ६’ सार्वजनिक, किन मच्चिँदैछ विश्वभर हलचल ?

रकस्टार गेम्सको बहुप्रतीक्षित भिडियो गेम ‘ग्र्यान्ड थेफ्ट अटो ६’ बिहीबार विश्वभर आधिकारिक रूपमा सार्वजनिक हुँदैछ। स्थानीय समयअनुसार मध्यरात १२ बजेबाट गेम खुल्ने भएकाले नेपालमा पनि भोलि बिहीबारदेखि यो गेम खेल्न पाइनेछ।

#जीटीए #बिहीबार
Compare →
Hamro Patro News
5d ago
अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अरू विदेशी मुद्राको मूल्य थप घट्यो

नेपाल राष्ट्र बैंकले आज कात्तिक २७ गते शुक्रबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिन (बिहीबार) को तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ। आज अमेरिकी डलर १ को खरि...

#डलर #बिहीबार
Compare →
Bizshala
6d ago
अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

अमेरिकी डलरको भाउ घट्यो, कति छ खरिद–बिक्रीदर ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।जसअनुसार अघिल्लो दिनको तुलनामा...

#डलर #बिक्री
Compare →
Onlinekhabar
1h ago
भारतमा अमेजनको सात अर्ब डलर लगानी

भारतमा अमेजनको सात अर्ब डलर लगानी

२ मङ्सिर, नयाँदिल्ली (रासस/एएफपी)। अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यस लगानीबाट भारतमा …

#डलर
Compare →
Arthasansar
6d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →

Related Stories

Technology
Build #2612