Trending
Prev Story
Next Story

प्रधानमन्त्रीसँग संवाद खोज्दै पत्रकार महासंघ

Ekantipur •
November 18, 2026 • 03:02 PM
2
2 reads 0 reactions

विभागीय मन्त्रीसँग पटकपटक छलफल र संवादको प्रयास गर्दा पनि निकास ननिस्किएपछि महासंघले प्रधानमन्त्री वालेन्द्र शाहसँगै भेटवार्ता र संवादको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रधानमन्त्रीसँग संवाद खोज्दै पत्रकार महासंघ

विभागीय मन्त्रीसँग पटकपटक छलफल र संवादको प्रयास गर्दा पनि निकास ननिस्किएपछि महासंघले प्रधानमन्त्री वालेन्द्र शाहसँगै भेटवार्ता र संवादको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएको हो ।

काठमाडौं — नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता र संवादका लागि समय मागेको छ । विभागीय मन्त्रीसँग पटकपटक छलफल र संवादको प्रयास गर्दा पनि निकास ननिस्किएपछि महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

‘संवादमार्फत समाधान खोज्नका लागि मन्त्रीको तहबाट नभएपछि प्रधानमन्त्रीसँगै अपिल गरौं भनेर गरेको हो,’ महासंघका महासचिव रामप्रसाद दाहालले भने ।

महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकार प्रेस स्वतन्त्रताका विषयमा संवेदनशील नदेखिएको बताए । उनका अनुसार विगतमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पत्रकार महासंघका पदाधिकारीलाई बोलाएर प्रेस स्वतन्त्रता र सञ्चार कानुनका विषयमा छलफल गर्ने अभ्यास थियो । तर, अहिले प्रधानमन्त्रीसँग भेटेर आफ्ना कुरा राख्ने अवसरसमेत नपाएको उनको गुनासो छ ।

‘पहिले नयाँ प्रधानमन्त्री आउनेबित्तिकै पत्रकार महासंघका पदाधिकारीलाई भेट्न बोलाएर प्रेस स्वतन्त्रता र सञ्चार कानुनका विषयमा छलफल गर्थे, तर अहिले भेट्ने र सुन्ने स्थिति नै छैन,’ अधिकारीले भने ।

पत्रकारको सूचनाको स्रोत पहिचान गर्ने नाममा भइरहेका गतिविधिले महासंघलाई थप चिन्तित बनाएको उनले बताए । लोककल्याणकारी विज्ञापनमा कटौती र राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन रहँदा सूचनाको पहुँचसमेत संकुचित हुँदै गएको उनको भनाइ छ ।

महासंघले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा सरकारले प्रेस स्वतन्त्रताको संरक्षणमा पटकपटक अनुदार व्यवहार देखाएको उल्लेख गरेको छ । अध्यक्ष निर्मला शर्माको हस्ताक्षर रहेको पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कानुन निर्माणको प्रयास, नागरिक अधिकार संकुचन र असंवैधानिक हस्तक्षेपप्रति आपत्ति जनाइएको छ ।

समाचार स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने महासंघको माग छ । त्यस्तै, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास, सञ्चारमाध्यमको कार्यालयमा अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने घटनामा कारबाही नहुनु र दण्डहीनतालाई प्रश्रय दिइनुले प्रेस स्वतन्त्रताको वातावरण कमजोर बनाएको महासंघको ठहर छ ।

गोरखापत्रसहित सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको विषयलाई पनि महासंघले श्रम अधिकारको उल्लंघनका रूपमा लिएको छ । सरकारी विज्ञापन तथा सूचना वितरणमा सबै सञ्चारमाध्यमलाई विभेदरहित व्यवहार गर्नुपर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा सरकारी अनिच्छा देखिएको र लोककल्याणकारी विज्ञापनमा कटौती गरिएकोप्रति पनि महासंघले असन्तुष्टि जनाएको छ ।

महासंघले यी विषय वार्ता, संवाद र सहमतिमार्फत समाधान गर्न सकिने विश्वास व्यक्त गरेको छ । विभागीय मन्त्रीलाई पटकपटक लिखित तथा मौखिक रूपमा आग्रह गर्दा पनि सरकारले पहल नगरेको भन्दै महासंघले प्रधानमन्त्रीबाटै संवादको पहल गर्न आग्रह गरेको हो ।

करिब १० हजार श्रमजीवी पत्रकारको साझा पेसागत संगठनका रूपमा ७१ वर्षदेखि लोकतन्त्र, प्रेस स्वतन्त्रता र सूचनाको हकका पक्षमा काम गर्दै आएको स्मरण गराउँदै महासंघले सरकारसँग वार्ताका लागि आफूहरू सधैं तयार रहेको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
सरकारविरुद्ध आन्दोलन गर्दै पत्रकार महासंघ

सरकारविरुद्ध आन्दोलन गर्दै पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड र श्रम अधिकार उल्लंघनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

#महासंघ #पत्रकार
Compare →
Hamro Patro News
1d ago
प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

प्रेस स्वतन्त्रता र पत्रकारको श्रम अधिकारको माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। महासंघले समाचार कक्षमै प्रहरी प्रवेश...

#महासंघ #पत्रकार
Compare →
Onlinekhabar
4h ago
ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

२ मंसिर, काठमाडौं  । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्याससँग सम्बन्धित रेगुलेटर, ग्यास चुलो, पाइप लगायत वस्तु कारोबार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका आधिकारिक ग्यास विक्रेता मार्फत मात्र गर्न-गराउन माग गरेको …

#महासंघ
Compare →

Related Stories

Politics & Governance
Build #2612