Trending
Prev Story
Next Story

ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

Ekantipur •
November 18, 2026 • 11:32 AM
3
3 reads 0 reactions

बुधबार सुरू भएको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग सम्बन्ध विस्तार गर्न एमाले असफल भएको बताएका छन् ।

ग्रासरुट अभियान चलायौं तर जनतासँग संवाद गरेनौं : पोखरेल

बुधबार सुरू भएको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले जनतासँग सम्बन्ध विस्तार गर्न एमाले असफल भएको बताएका छन् ।

काठमाडौं — एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनताको बीचमा जानेगरी विभिन्न अभियान सञ्चालन गरे पनि जनतासँग प्रभावकारी संवाद गर्न नसकेको बताएका छन् । पार्टीको राष्ट्रिय भेलामा पार्टीको शुद्धीकरण र सुदृढीकरणका विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले जनतासँग सम्बन्ध विस्तार गर्न असफल भएको बताएका हुन् ।

उनले वडा केन्द्रित अभियान, जरा केन्द्रित अभियान र ग्रासरुट अभियान सञ्चालन भए पनि ती अभियानमा जनतासँग संवाद गर्ने काम पर्याप्त हुन नसकेको बताए । हाल पार्टीका अभियानहरू औपचारिकता र देखावटी गतिविधिमा सीमित हुन थालेको उनको भनाइ छ । त्यसलाई नसुधारे आगामी निर्वाचनमा पनि अपेक्षित परिणाम हासिल गर्न नसकिने उनले बताए ।

जनतासँगको संवाद टुटेकै कारण पार्टीले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसकेको र निर्वाचनमा अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको उनले बताए । जनतासँग संवाद गर्ने काम गर्न नसकेसम्म जनाधार फिर्ता गर्न नसकिने उनको भनाइ छ । पार्टी बलियो बनाउन जनताबीचमा जानुपर्ने उनले बताए । पोखरेलले विगतको निर्वाचनअघि पार्टीका नेताहरूले गरेको परिणामसम्बन्धी आकलन र वास्तविक नतिजाबीच ठूलो अन्तर देखिएको समेत उल्लेख गरे । महासचिव पोखरेलले आगामी निर्वाचनको तयारीका लागि स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्नेमा जोड दिए । विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका परिणाम विश्लेषण गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ छ । साथै विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।

उम्मेदवार आफैं छनोट गर्नुस्, चुनाव पनि जिताएर देखाउनुस्

महासचिव पोखरेलले उम्मेदवार छनोटका विषयमा नेतृत्वलाई मात्रै दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । उनले अब उम्मेदवार छनोट आफैं गर्न र आफूले छनौट गरेका उम्मेदवारलाई जिताउने जिम्मेवारी पनि लिन आग्रह गरे । उनले उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानभन्दा जनमत सर्वेक्षण र व्यापक सुझाव संकलनमा आधारित वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने बताए ।

उनले निर्वाचनमा कार्यकर्तालाई परिचालन गर्न केन्द्रदेखि पालिकासम्मका कमिटी सक्रिय बनाउनुपर्ने बताए । विशेषगरी पालिका तहमा पार्टी संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमितिहरु बनाउनुपर्ने उनको प्रस्ताव छ । साथै उनले पार्टीका सबै कमिटी र सदस्य परिचालित भए-नभएको अनुगमन गर्न छुट्टै संयन्त्र गठन गर्न आवश्यक रहेको बताए । निर्वाचनमा प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गर्दै डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
एमालेका १४ समस्या औँल्याउँदै महासचिव पोखरेलले पेस गरे सुधारका १४ सूत्र

एमालेका १४ समस्या औँल्याउँदै महासचिव पोखरेलले पेस गरे सुधारका १४ सूत्र

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको सङ्गठनात्मक जीवनमा देखिएका १४ वटा प्रमुख समस्या औँल्याउँदै तिनको समाधानका लागि सुधारका १४ सूत्र प्रस्तुत गरेका छन् । एमालेको राष्ट्रिय भेलाअ...

#पोखरेल #एमा
Compare →
Nagarik News
1d ago
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।

#पोखरेल #बताए
Compare →
Onlinekhabar
2d ago
‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

‘पार्टीलाई एउटै लयमा हिँडाउन एमालेको राष्ट्रिय भेला, नयाँ निर्णय नहुने’

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता भेलाले सिङ्गो पार्टीलाई एउटै राजनीतिक लयमा अघि बढाउने बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार …

#पोखरेल #एमा
Compare →
Bizshala
8h ago
अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

अभियान इन्भेस्टमेन्ट ग्रुपले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश...

#अभियान
Compare →

Related Stories

Technology
Build #2612