Trending
Prev Story
Next Story

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

Nagarik News •
November 16, 2026 • 12:29 PM
4
4 reads 0 reactions

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटाको अनुसन्धान पारदर्शी नभएको बताएका छन् ।

इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि अनुसन्धन हुनुपर्छ: पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विवादित छविका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीसमेत गिरफ्तार हुनुपर्ने माग गरेका छन्।

मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाबारे सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

महासचिव पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई झापामा उम्मेदवार बनाउने कि नबनाउने भन्ने सर्वेक्षण सापकोटाकै नेतृत्वमा भएको बताए।

सापकोटा चुनावको क्याम्पियनमा सहभागी भएको र शाह प्रधानमन्त्री भएपछि पनि कोर टिममा रहेको कुरा बाहिर आएको उनको दाबी छ।

‘यही सरकारले इनम सापकोटालाई पक्राउ गरेको छ। तर पनि, अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदैछ, पारदर्शी छैन,’ पोखरेलले भने।

त्यस्तै, उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र त्यतिबेलाका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरे पनि सरकारले अभियोजन गर्न नसकेको बताए। सरकार प्रतिशोधात्मक ढङ्गले अघि बढ्न खोजेको उनको भनाइ छ।

‘बिनातथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफ्तार गर्ने,’ उनले भने, ‘१३ दिन राखेर अभियोजन पनि गर्न नसक्ने। आजसम्म अभियोजन गर्ने क्षमता सरकारले देखाउन सकेको छैन। किनकि तथ्य र प्रमाण नै छैन।’

ओली र लेखकलाई लगाइएजस्तै आरोपमा अहिलेका प्रधानमन्त्री र गृहमन्त्री गिरफ्तार हुनुपर्ने पोखरेलले बताए। सुनसरीमा गोली चलेको घटनाको जिम्मा पनि प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने उनको भनाइ छ।

प्रकाशित: ३० कार्तिक २०८३ १८:१४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
सरकारप्रति ओली कठोर,  ‘इनम सापकोटा दानबहादुरमै सकियो कि अरू कुरामा पनि काम लाग्छ ?

सरकारप्रति ओली कठोर, ‘इनम सापकोटा दानबहादुरमै सकियो कि अरू कुरामा पनि काम लाग्छ ?

काठमाडौ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जताबाट हेरे पनि इनम सापकोटाको सम्पर्क र सम्बन्ध सरकार पक्षसँगै देखिएको बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई शनिबार ललितपुरमा सम्बोधन गर्द...

#सापकोटा #इनम #बताए
Compare →
Ekantipur
2d ago
इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे ।

#इनम #सापकोटा #प्रकरण
Compare →
Onlinekhabar
4h ago
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा सीमा समस्या उठाउनुपर्छ : महासचिव पोखरेल

३० कात्तिक, ललितपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो आसन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्याबारे नेपालको स्पष्ट अडान राख्नुपर्ने बताएका छन्। नेपालको सार्वभौमिकता र सीमा अधिकारसँग जोडिएका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति …

#पोखरेल
Compare →

Related Stories

Politics & Governance
Build #2612