Trending
Prev Story
Next Story

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

Ekantipur •
November 14, 2026 • 03:02 PM
3
3 reads 0 reactions

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे ।

इनम सापकोटा प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले महेश श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे ।

काठमाडौँ — प्रहरीले नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दिलिप घिमिरेले श्रेष्ठलाई कीर्तिपुरबाट पक्राउ गरिएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘अनुसन्धानका क्रममा थप सोधपुछ गर्नुपर्ने देखिएपछि ल्याएका हौं ।’

प्रहरीका अनुसार, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा अनुसन्धानको दायरामा रहेको इनम सापकोटासँग जोडिएको छानिबनका क्रममा श्रेष्ठको संलग्नता देखिएको हो । ‘सापकोटाबारे अनुसन्धान गरिरहेका बेला उनको संलग्नता खुलेको थियो, त्यसपछि अनुसन्धान भइरहेको हो,’ अनुसन्धानमा संलग्न अर्का एक अधिकृतले भने, ‘लेनदेनसँग सम्बन्धित विषयहरु देखिएपछि छानबिन भएको हो ।’

प्रहरीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि ९० दिनसम्म हिरासतमा राख्न पाउने अवस्था छ । ‘त्यो अवधिमा विभिन्न कोणबाट छानबिन गर्नेछौं,’ उनले भने । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षा चुनौती भएको भन्दै प्रहरी कार्यालयमा ल्याएर मोबाइल जाँच गरेपछि यो विषयको सुरुवात् भएको थियो ।

त्यसक्रममा सापकोटासमेत जोडिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढेको थियो । छानबिनका क्रममा सापकोटाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यायालय र राजनीतिक क्षेत्रका उच्च अधिकारीहरु कुराकानी गर्ने गरेको देखिएको थियो । उनीसँग सम्पर्क भएकै विषयलाई देखाउँदै सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई समेत बर्खास्त गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3h ago
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । घिमिरेले उनी पक्राउ परेको …

#घिमिरे #कांग्रेस #उमेश
Compare →
Hamro Patro News
2d ago
दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

दसैँ–तिहारमा काठमाडौंको सुरक्षा व्यवस्थापन सफल,एसएसपी घिमिरे नेतृत्वको प्रशंसा

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी सम्हालेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले चाडपर्वको सुरक्षा व्यव...

#एसएसपी #घिमिरे
Compare →

Related Stories

Politics & Governance
Build #2612