Trending
Prev Story
Next Story

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

Ekantipur •
November 14, 2026 • 12:32 PM
2
2 reads 0 reactions

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

दोलखा — शेरबहादुर देउवा नेतृत्वको समूहका १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले नेपाली कांग्रेसको एकताबाट मात्रै लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षा सम्भव हुने बताएका छन् ।

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए । 'कांग्रेसको एकताले लोकतन्त्र, राष्ट्रिय स्वाभिमानको रक्षा र देशको उन्नतिको सम्भावना छ । पार्टीलाई एकताबद्ध बनाउने मेरो मुख्य लक्ष्य हो, यो गर्छु,' उनले भने ।

पार्टीलाई एकताबद्ध बनाउन सबै नेता तथा कार्यकर्ता आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने उनले बताए ।

यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै अर्का नेता एनपी साउदले पार्टीको वैधानिकताका विषयमा आफूहरूले न्याय पाउने बताए ।

अर्का नेता मोहनबहादुर बस्नेतले गगन थापाले अरूको उक्साहटमा पार्टी कब्जा गर्ने प्रयास गरेको आरोप लगाए ।

बागमती प्रदेशका पूर्वअर्थमन्त्री कुन्दनराज काफ्लेले समयावधिअघि राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन् । 'प्रदेशसभाबाट राजीनामा दिएकोमा म आम दोलखाका मतदाता तथा शुभेच्छुकसँग माफी माग्छु । अबका दिनमा जनतासँग नसोधी कुनै निर्णय लिन्नँ,' उनले भने ।

अधिवेशनको बन्दसत्रले शनिबार नै नयाँ नेतृत्व चयन गर्ने आयोजकले बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

देउवा समूहका नेताको दाबी : टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित

उनका अनुसार सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा विजय उत्सवका रूपमा मनाइरहेका छन्।

#कांग्रेस #देउवा
Compare →
Hamro Patro News
1d ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पो...

#कांग्रेस #देउवा
Compare →
Onlinekhabar
1h ago
शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

२८ कात्तिक, चरिकोट । कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहका १५ औँ नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव भएको बताएका छन् । शनिबार देउवा पक्षको दोलखा जिल्ला अधिवेशन उद्घाटन …

#कोइराला #एकता
Compare →

Related Stories

Politics & Governance
Build #2612