Trending
Prev Story
Next Story

तरुणले जिते सलिको गल्फ उपाधि

Ekantipur •
November 14, 2026 • 12:32 PM
2
2 reads 0 reactions

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

तरुणले जिते सलिको गल्फ उपाधि

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

काठमाडौँ — तरुण अग्रवालले गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार सम्पन्न सलिको गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

६ ह्यान्डिक्यापमा खेलेका तरुणले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले सिम्रिक एयरको प्रायोजित अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

सुरज श्रेष्ठले ३६ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता भए । समान ३६ अंक जोडेका विष्णु कार्की र किशोर बस्नेतलाई पछि पार्दै सुरज उपविजेता भएका हुन् । उनले ब्याकनाइनमा १९ अंक जोड्दा विष्णुले १७ र किशोरले १५ अंक बटुलेका थिए ।

वाङचेन धोन्डुपले ३५ ग्रस अंकसहित ग्रस विधाको उपाधि जिते । उनले अल्टिच्युड एयरको गोसाइँकुण्डसम्म हेलिकप्टर यात्रा अवसर पाएका छन् । महिलातर्फ गल्फर तारा कार्की ३७ अंकसहित विजयी भइन् भने आरती राज्यलक्ष्मी राणा ३१ अंकसहित उपविजेता भइन् ।

६० वर्षमाथिको सिनियर विधामा विजयबहादुर श्रेष्ठले ३६ अंकसहित उपाधि जिते । सुपर सिनियर विधाको उपाधि नरेश्वरजंग गुरुङले ३३ अंक जितेका थिए ।

प्रतियोगितामा ३० औं स्थान हासिल गरेका राजेन्द्रमान शेरचनलाई विशेष ‘सलिको सम्मान’ प्रदान गरियो । प्रतियोगितामा कुल १०४ जना खेलाडीको सहभागिता थियो । दोर्जे होआजाङत्साङले लङ्गेस्ट ड्राइभ अवार्ड जित्दा कर्मा घलेले क्लोजेस्ट टु द पिन अवार्ड प्राप्त गरे ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा आयोजित प्रतियोगिता ३÷४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो ।

विजेताहरूलाई सलिकोका अध्यक्ष मनोहर दास मूल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सञ्चालक समिति सदस्य सिद्धार्थमणि राजभण्डारी तथा अरुणराज श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
देउवा पक्षबाट अछाम तरुण दलको अध्यक्षमा गोकुलबहादुर शाह मनोनीत

देउवा पक्षबाट अछाम तरुण दलको अध्यक्षमा गोकुलबहादुर शाह मनोनीत

कैलाली । नेपाली कांग्रेसको देउवा पक्षले नेपाल तरुण दल अछामको जिल्ला अध्यक्षमा गोकुलबहादुर शाहलाई मनोनीत गरेको छ। नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष दिल लामाले पत्र पठाउँदै शाहलाई जिल्ला अध्यक्षको ज...

#तरुण
Compare →
Onlinekhabar
4d ago
८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

८१ वर्षको उमेरमा एम जोन ह्यारिसनले जिते बुकर पुरस्कार

२४ कात्तिक, काठमाडौं । बेलायती लेखक एम जोन ह्यारिसनले सन् २०२६ को प्रतिष्ठित बुकर पुरस्कार जितेका छन् । ८१ वर्षीय ह्यारिसन बुकर पुरस्कारको इतिहासमै यो सम्मान प्राप्त गर्ने सबैभन्दा पाका लेखक बनेका छन् । ह्यारिसनले आफ्नो …

#जिते
Compare →
Nagarik News
5d ago
त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

#उपाधि
Compare →

Related Stories

Sports
Build #2612