Trending
Prev Story
Next Story

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

Ekantipur •
November 14, 2026 • 12:32 PM
2
2 reads 0 reactions

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महसुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गरेका छन् ।

शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुगेका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेशी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् । उनले वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेशी जनताको मुहारमा खुसी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको बताए ।

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ । लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए ।

‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेश र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो,' लामिछानेले भने, 'हाम्रो प्रतिबद्धता स्पष्ट छ । जति बोल्छौँ, त्यति नै गर्छौँ । जनतालाई झूटो आश्वासन दिएर राजनीति गर्दैनौँ । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेशी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो । साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ ।’

रास्वपाले मधेशसहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै लामिछानेले जनताको विश्वासलाई कुनै पनि हालतमा ओझेल पर्न नदिन पार्टी पंक्तिलाई आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउदिनँः रवि लामिछाने

मधेसमा परिवर्तन महशुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउदिनँः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताले यसपटक दिएको जनमतअनुसार परिवर्तन महशुस गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नजाने घोषणा गर्नुभएको छ ।

#रवि-लामिछाने #परिवर्तन #गराउन
Compare →
Nagarik News
43m ago
हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

हामीले आन्तरिक लोकतन्त्रको अभ्यास गरेको, पार्टी र सरकारबीच बेमेल छैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको बताएका छन्।

#रवि-लामिछाने #रास्वपा #रवि
Compare →
Onlinekhabar
52m ago
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

#रवि-लामिछाने #रास्वपा #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612