Trending
Prev Story
Next Story

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

Onlinekhabar •
November 14, 2026 • 12:01 PM
2
2 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव …

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् ।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए ।

उनले सरकार आफैंले गरेको बाचा पूरा गर्ने काममा तल्लीन भएर लागीपरेको उल्लेख गरे । सभापति लामिछानेले रास्वपाले आफनै सरकारलाई दिएको सल्लाह, सुझाव र आलोचना फुटको संकेत नभइ बलियो आन्तरिक लोकतन्त्रको उदाहरणको रुपमा बुझ्न आग्रह गरे ।

रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पक्ष र विपक्षमा भएका बहसहरूलाई सकारात्मक रुपमा लिने गरेको उनको भनाइ छ ।

त्यस्तै, सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई अवसर दिएको भन्दै अहिले पाएको जनमतबाट पनि मधेशले परिवर्तनको आशा र महसुस गर्न नसके आफू अर्को पटक भोट माग्न नआउने बताए ।

उनले जनता झुक्काएर भोट माग्ने चरित्र स्थापित हुने हो भने यस्तो राजनीति आफुलाई आवश्यक नरहेको उल्लेख गरे । मधेशी जनताको जीवनमा परिवर्तन प्राप्त गर्ने आशा, भरोसा र विश्वासका साथ आएको अवसरलाई धोका नदिन उहाले नेता तथा कार्यकतालाई आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
52m ago
पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने

पार्टी र सरकारबिच कुनै विवाद छैन, आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास हो : रवि लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै पनि विवाद वा समस्या नरहेको स्पष्ट पारेका छन्। शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई स...

#रवि-लामिछाने #विवाद #लामिछाने
Compare →
Nagarik News
2h ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।

#रवि-लामिछाने #रास्वपा #लामिछाने
Compare →
Ekantipur
5h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #लामिछाने
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →

Related Stories

Politics & Governance
Build #2612