Trending
Prev Story
Next Story

झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने

Onlinekhabar •
November 14, 2026 • 12:01 PM
3
3 reads 0 reactions

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका छन् । शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा …

झुटो आश्वासन दिएर राजनीति गर्दैनौं, जति बोल्छौं, त्यति गर्छौं : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेशका जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरूको पहिलो जिम्मेवारी रहेको दाबी गरेका छन् ।

शनिबार छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछानेले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मधेसी जनताको आशा र विश्वासलाई निराशामा बदल्न नहुने बताएका हुन् ।

लामिछानेले राजनीतिमा जनतालाई झुक्याएर भोट माग्ने प्रवृत्ति आफूलाई स्वीकार्य नभएको बताए । जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गर्नुपर्ने उनको भनाइ छ ।

‘जति बोल्छौं, त्यति नै गर्छौं । जनतालाई झुटो आश्वासन दिएर राजनीति गर्दैनौँ । जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेशी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले भने, ‘साथै, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले दिएको सार्वजनिक बिदाले जनताको भावना र संस्कृतिप्रतिको सम्मान झल्काउँछ,’ उनले भने ।

वर्तमान अवसर कुनै व्यक्तिको राजनीतिक प्रगतिका लागि नभई मधेशी जनताको मुहारमा खुशी ल्याउन र उनीहरूको जीवनमा परिवर्तन गर्न प्राप्त भएको उनको भनाइ छ ।

जनताको जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी छ ।

‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो । जनताले दिएको अवसर व्यक्तिगत स्वार्थका लागि होइन, मधेस र देशमा वास्तविक परिवर्तन ल्याउनका लागि हो । हाम्रो प्रतिवद्धता स्पष्ट छ,’ उनले भने ।

रास्वपा आन्तरिक लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले आफ्नै सरकारका काममा पनि आवश्यकताअनुसार आलोचना र सुझाव दिने गरेको उनको भनाइ छ । सरकारले गरेका केही काममा त्रुटी देखिए सुझाव र आलोचना गर्दा पार्टीभित्र विवाद भएको भन्दै विभिन्न भाष्य निर्माण गर्ने गरिएको उल्लेख गर्दै उनले त्यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा बुझ्न आग्रह गरे ।

रास्वपाले मधेससहित देशभरका जनताको आवाज सुन्ने उल्लेख गर्दै लामिछानेले जनताको विश्वासलाई कुनैपनि हालतमा ओझेल पर्न नदिन पार्टी पङ्क्तिलाई आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
गगन थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्छ  : डा. शशांक कोइराला

गगन थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्छ  : डा. शशांक कोइराला

काठमाडौं : नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका नेता डा. शशांक कोइरालाले गगनकुमार थापालाई जति गाली गर्‍यो, त्यति नै उनको महत्व बढ्ने बताएका छन्। शनिबार देउवा समूहको काठमाडौं जिल्ला अधिवेशनलाई सम...

#जति #त्यति
Compare →
Nagarik News
57m ago
मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

#रवि-लामिछाने #लामिछाने
Compare →
Ekantipur
1w ago
निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

निर्वाचन क्षेत्रमा रवि लामिछानेका २४ घण्टा: मतदाता भेटघाट, कार्यकर्तालाई सम्बोधन र तिखो राजनीतिक टिप्पणी

भरतपुरदेखि मुग्लिन र कालिकासम्मका कार्यक्रममा सहभागी भएका लामिछानेले सरकारका कामकारबाही तथा पार्टीभित्रका गतिविधिमाथि खरो टिप्पणी गरे।

#रवि-लामिछाने #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612