Trending
Prev Story
Next Story

पाँचथरको कुम्मायकका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी पुरस्कृत

Ekantipur •
November 18, 2026 • 01:03 PM
3
3 reads 0 reactions

राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

पाँचथरको कुम्मायकका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री, पाँच उत्कृष्ट विद्यार्थी पुरस्कृत

राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो ।

पाँचथर — कुम्मायक गाउँपालिकाका ३५ विद्यालयका २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । त्यस्तै, कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।

राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ४२ औं जन्मजयन्तीको अवसरमा गाउँपालिकामा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको हो । कात्तिक २५ गते परेको जन्मजयन्ती तिहार बिदाका कारण पूजामा मात्रै सीमित गरिएको थियो । विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा सम्मान कार्यक्रम भने मंसिर २ गते आयोजना गरिएको हो ।

कार्यक्रममा दुई संस्थागत र ३३ सामुदायिक विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत २ सय ६८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

त्यस्तै, २०८२ सालको कक्षा १२ परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच विद्यार्थी पुरस्कृत भए । पृथ्वी माध्यमिक विद्यालय यासोकको प्राविधिक धारतर्फबाट ३.६५ जीपीए ल्याउने तारा खड्का र ३.४८ जीपीए ल्याउने कुम्मायक–५ का जेनिश खतिवडा तथा साधारण धारतर्फबाट ३.४३ जीपीए ल्याउने कुम्मायक–१ का रवि लावतीलाई जनही ५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरियो ।

त्यस्तै, सिद्ध सरस्वती माध्यमिक विद्यालय माङ्जाबुङबाट ३.४२ जीपीए ल्याउने कुम्मायक–२ की अन्जु सेर्मा र पृथ्वी माध्यमिक विद्यालय यासोकबाट ३.४२ जीपीए ल्याउने कुम्मायककी अनुसा चम्लागाईलाई जनही २ हजार ५ सय रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

महागुरु फाल्गुनन्द लिङ्देन शालिक संरक्षण तथा संवर्द्धन अक्षयकोषबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण र उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको अक्षयकोषका अध्यक्ष सूर्यविक्रम चेम्जोङले जानकारी दिए ।

अक्षयकोषमा हालसम्म साँवा र ब्याजसहित ४८ लाख ५० हजार रुपैयाँ जम्मा भएको कोषका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष देवेन्द्रकुमार लावतीले बताए ।

गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीको प्रमुख आतिथ्य र उपाध्यक्ष महेन्द्र खड्काको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3h ago
प्रहरी नायव निरीक्षक खत्री बने उत्कृष्ट प्रहरी

प्रहरी नायव निरीक्षक खत्री बने उत्कृष्ट प्रहरी

प्रहरी नायव निरीक्षक गोपाल खत्री ‘बेस्ट पोलिस अफ द मन्थ’ अर्थात् महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

#उत्कृष्ट
Compare →
Hamro Patro News
1d ago
यी हुन् आन्तरिक राजस्व विभागले उत्कृष्ट भनेका ११ कर्मचारी

यी हुन् आन्तरिक राजस्व विभागले उत्कृष्ट भनेका ११ कर्मचारी

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा विभिन्न कार्यालयमा कार्यरत ११ कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको छ। उनीहरूलाई मुख्यसचिव गोविन्द कार्कीले सम्मान गरेका छन्। वि...

#उत्कृष्ट
Compare →
Arthasansar
1d ago
राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

राष्ट्रिय कर दिवस : सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, को-को भए सम्मानित ? (सूचीसहित)

आज राष्ट्रिय कर दिवस । यो सरकारले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक...

#उत्कृष्ट
Compare →
Onlinekhabar
1d ago
सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

सीजी इम्पेक्स र नबिल बैंकलाई उत्कृष्ट करदाता सम्मान

१ मंसिर, काठमाडौं । व्यावसायिक घराना चौधरी ग्रुप अन्तर्गतको सीजी इम्पेक्स प्रालि वस्तु व्यापार कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेर सरकारबाट उत्कृष्ट करादाताका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८३ का अवसरमा सरकारले …

#उत्कृष्ट
Compare →
Bizshala
2d ago
एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

एआई डिटेक्टरको भरमा विद्यार्थीको शोधपत्र अस्वीकार गर्न नपाउनुपर्ने माग गर्दै त्रिवि विरुद्ध सर्वोच्चमा रिट

काठमाण्डौ । कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका...

#विद्यार्थी
Compare →

Related Stories

Education & Youth
Build #2612