Trending
Prev Story
Next Story

होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

Onlinekhabar •
November 17, 2026 • 01:31 PM
1
1 reads 0 reactions

१ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका विजेता सार्वजनिक गरेको छ। कम्पनीले ‘होन्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट …

होन्डाको दसैं योजनाबाट ३ साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

१ मंसिर, काठमाडौं । होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैंको अवसरमा सञ्चालन गरेको ‘यो दसैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन साताका विजेता सार्वजनिक गरेको छ।

कम्पनीले ‘होन्डा छ साथ साथ’ अभियानमार्फत सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना विजेता छनोट गर्ने योजना ल्याएको थियो। यस योजनामा विजेताले १० हजारदेखि एक लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने व्यवस्था गरिएको छ।

चाडपर्वको खुसीसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै कम्पनीले ‘सहयोगको संकल्प’ नामक विशेष कार्यक्रम सञ्चालन गरेको हो। यस कार्यक्रमअन्तर्गत विजेताले प्राप्त गर्ने पुरस्कारबराबरकै थप रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको छ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो साताका विजेतामा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१० हजार रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (एक लाख रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१० हजार रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१० हजार रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१० हजार रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५० हजार रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१० हजार रुपैयाँ) रहेका छन्।

त्यस्तै, दोस्रो साताका विजेतामा प्रदेश १ बाट विकासकुमार यादव (१० हजार रुपैयाँ), प्रदेश २ बाट सुन लामा (१० हजार रुपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५ हजार रुपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५० हजार रुपैयाँ), प्रदेश ५ बाट पुष्पा थारू (१० हजार रुपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (एक लाख रुपैयाँ) र प्रदेश ७ बाट विनिता पाठक (१० हजार रुपैयाँ) रहेका छन्।

यसैगरी, तेस्रो साताका विजेतामा प्रदेश १ बाट आशिष राई (५० हजार रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१० हजार रुपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट (१० हजार रुपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१० हजार रुपैयाँ), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१० हजार रुपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एन्ड रिसर्च सेन्टर (१० हजार रुपैयाँ) र प्रदेश ७ बाट जुजेस्टर राणा (१० हजार रुपैयाँ) रहेका छन्।

कम्पनीका अनुसार सबै विजेतालाई उनीहरूले प्राप्त गरेको पुरस्कार रकम हस्तान्तरण गरिनेछ। साथै, सोहीबराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

ग्राहकको उत्साहजनक सहभागिता र मायालाई मध्यनजर गर्दै कम्पनीले उक्त योजना आगामी मङ्सिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म थप गरेको जनाएको छ। यससँगै थप ग्राहकले पनि योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, कसले कति जिते ?

होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत सातै प्रदेश— हरेक प्रदेशबाट एक-ए...

#दसैँ #साथ #साताका
Compare →
Nagarik News
5h ago
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

#नगद #पुरस्कार
Compare →
Bizshala
1d ago
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर...

#दसैँ #जनाले #जिते
Compare →
Ekantipur
1d ago
दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

दसैं–तिहारबीच बर्दियामा ६२ सवारी दुर्घटना, ७ जनाको मृत्यु

तीव्र गति, मापसे, सडकमा चौपायाको उपस्थिति र खराब मौसमलाई प्रहरीले दुर्घटनाको प्रमुख कारण मानेको छ ।

#दसैँ
Compare →

Related Stories

Technology
Build #2612