Trending
Prev Story
Next Story

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

Bizshala •
November 16, 2026 • 05:34 AM
4
4 reads 0 reactions

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर...

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्।

कम्पनीले सञ्चालन गरेको यस अभियानअन्तर्गत देशका विभिन्न स्थानका अन्य २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

बम्पर पुरस्कार विजेता लामाले एउटा क्यानबाटै कार जित्न सकिने कल्पनासमेत नगरेको बताएका छन्।

‘एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ। कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन। यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो। म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु,’ लामाले खुसी व्यक्त गर्दै भने।

अभियानअन्तर्गत मोटरसाइकल जित्नेहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन्।

त्यसैगरी, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।

यस्तै, स्कुटर जित्ने उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर गाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्।

सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौँडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन्।

कम्पनीले ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो।

तीमध्ये हालसम्म १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर वितरण भइसकेका छन्। अब थप आठ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरका अनुसार उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कम्पनीले अझै पनि एउटा क्यानबाटै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
‘म्याक्स टाइगर दशैं धमाका’ : चार जना विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

‘म्याक्स टाइगर दशैं धमाका’ : चार जना विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण

‘म्याक्स टाइगर दशैं धमाका’ : चार जना विजेतालाई मोटरसाइकल र स्कुटर हस्तान्तरण केहि सेकेन्ड अघि काठमाडौं : म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत चार जना विजेतालाई मोटरसाइक...

#म्याक्स #टाइगर #दसैँ
Compare →
Onlinekhabar
1w ago
एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

एउटा क्यानले दिलायो बाइक र स्कुटर, म्याक्स टाइगरका विजेताले बुझ्न थाले पुरस्कार

२० कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दसैं धमाका २०२६’ अभियानका विजेताको हातमा पुरस्कार पुग्न थालेको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जना विजेतालाई मोटरसाइकल तथा स्कुटर हस्तान्तरण गरिएको …

#म्याक्स #टाइगर #स्कुटर
Compare →
Nagarik News
1d ago
रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

रूसमा चम्किए नेपाली विद्यार्थी, रजतसहित चार पदक जिते

अन्तर्राष्ट्रिय खगोलविज्ञान ओलम्पियाडमा नेपाली विद्यार्थीले रजत पदक जितेको यो पहिलो पटक हो।

#जिते
Compare →
Ekantipur
1d ago
तरुणले जिते सलिको गल्फ उपाधि

तरुणले जिते सलिको गल्फ उपाधि

६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।

#जिते
Compare →
The Kathmandu Post
1w ago
Nepse retreats as profit-taking slows post-Dashain rally

Nepse retreats as profit-taking slows post-Dashain rally

Turnover falls nearly 18 percent as investors turn cautious ahead of Tihar, but technical support, improving earnings prospects and the dividend season could help revive the market.

#दसैँ
Compare →

Related Stories

Sports
Build #2612