दसैँ–तिहारमा मानिसले भरिभराउ भएका बाजुराका गाउँबस्ती पुनः रित्तिन थालेका छन् । नेपालीहरुको महान पर्व दसैँ–तिहार मनाउन गाउँ आएका परदेशीहरू चाडपर्व सकिएसँगै आफ्नो कर्मथलो फर्किन थालेपछि यहाँका गाउँबस्ती रित्तिन थालेका हुन् ।
दसैँ मनाउन गत असोजमा गाउँ आएको बताउँदै बुढीनन्दाका स्थानीय गोपाल रोकायाले चाडपर्व सकिएपछि कामको खोजीमा फेरि भारत जान लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “म जहिले पनि यस्तै चाडपर्वको समयमा गाउँ आउने र चाडपर्व सकिएसँगै कामको खोजीमा परदेश जाने गर्छु ।”
Read full story at source ( gorkhapatraonline.com )