Trending
Prev Story
Next Story

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

Nagarik News •
November 17, 2026 • 08:41 AM
2
2 reads 0 reactions

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पारश मणि गेलालले अनौठो घोषणा गरेका छन्।

उनले सचिवालयमार्फत फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। सचिवालयले आगामी फागुन १२ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो।

प्रतियोगितामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा प्रधानमन्त्री बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने, पारश मणि गेलाल र सूर्य लामासँगका अविस्मरणीय क्षण कैद गरिएका फोटो तथा भिडियो समावेश गर्न सकिनेछ।

सचिवालयका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटो तथा भिडियो पठाउनेमध्येबाट तीन जना विजेता छनोट गरी आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन निर्वाचनका क्रममा खिचिएका उत्कृष्ट फोटो वा भिडियो पठाउनुपर्नेछ। साथै, सहभागीले आफ्ना सिर्जना सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुपर्नेछ।

पुरस्कारको रकम भने भिडियो सन्देशमार्फत छिट्टै सार्वजनिक गरिने सचिवालयले जनाएको छ।

प्रकाशित: १ मंसिर २०८३ १४:२६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
41m ago
बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

बालेन्द्र र रविसँगको ‘अविस्मरणीय’ तस्बिर छ ? रास्वपा सांसदले दिने भए नगद पुरस्कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पारश मणि गेलालले अनौठो घोषणा गरेका छन्। उनले सचिवालयमार्फत फोटो तथा भिडियो प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका हुन्। सचिवालयले आगामी फाग...

#बालेन-शाह #बालेन्द्र #रविसँग
Compare →
Bizshala
4h ago
तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

तीन सयको सामान किन्दा राम श्रेष्ठले जिते १० लाख पुरस्कार

काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले ३०० रुपैयाँको सामान खरिद गरेर १० लाख रुपैयाँ पुरस्कार...

#पुरस्कार
Compare →
Onlinekhabar
5h ago
३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

३०० को समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख पुरस्कार

१ मंसिर, काठमाडौं । तीन सयको सामान किनेका एक जना उपभोक्ताले १० लाख पुरस्कार जितेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले उक्त रकम जितेका हुन् । उनले श्री च्युरा तथा राइस मिलबाट ३०० को सामान …

#पुरस्कार
Compare →
Ekantipur
1d ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

#रास्वपा #सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612