काठमाडौं– नबिल बैंकको चिफ बिजनेस अफिसर (सीबीओ) मा प्रवीण रेग्मी नियुक्त भएका छन् । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेग्मीलाई नबिल बैंकले चिफ बिजनेस अफिसरको जिम्मेवारी दिएको हो ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा डेढ दशकभन्दा लामो अनुभव हासिल गरेका रेग्मीले यसअघि विभिन्न प्रतिष्ठित बैंक तथा वित्तीय संस्थामा रहेर काम गरिसकेका छन् । उनले एनआईसी एसिया बैंक र एनएमबी बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हाल्दै आफ्नो व्यावसायिक अनुभव विस्तार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( kalakarmi.com )