Trending
Prev Story
Next Story

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

Nagarik News •
November 17, 2026 • 09:31 AM
3
3 reads 0 reactions

नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।

राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार आन्तरिक राजस्व विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकलाई सम्मानपत्र प्रदान गरे। उक्त सम्मान बैंकको सञ्चालक समितिको अध्यक्षता गरिरहेका निर्वाण कुमार चौधरीले बैंकका तर्फबाट ग्रहण गरे।

सम्मान ग्रहणपछि चौधरीले यो उपलब्धि समग्र नबिल परिवारका लागि गर्वको विषय भएको बताए। उनले भने, “यस सम्मानले हाम्रा कर्मचारीहरूको योगदान र ग्राहकहरूले हामीप्रति देखाउनुभएको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी करदाताका रूपमा आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिन्छौँ। ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्न, जिम्मेवार व्यावसायिक अभ्यास अवलम्बन गर्न र नेपालको आर्थिक प्रगतिमा योगदान पुर्‍याउन हामी निरन्तर प्रतिबद्ध छौँ।”

बैंकको यो योगदान व्यावसायिक सफलतासँगै राष्ट्रको आर्थिक तथा सामाजिक विकासप्रतिको जिम्मेवारीको समेत प्रतिबिम्ब हो। बैंकले पारदर्शी व्यावसायिक अभ्यास, जिम्मेवार बैंकिङ र ग्राहकको विश्वासलाई आफ्नो दीर्घकालीन प्रगतिको आधार मान्दै आएको छ।

नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट सर्वाधिक राजस्व योगदान गर्ने करदाता तथा संस्थाहरूलाई सम्मान गर्दै आएको छ।

चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ। दिगो बैंकिङलाई प्राथमिकता दिँदै बैंकले डिजिटल सेवाको विस्तारका लागि एनबैंक सञ्चालनमा ल्याएको छ।

देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको नबिल बैंकले ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यमा आर्थिक अवसर विस्तार गर्न र मुलुकको समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १ मंसिर २०८३ १५:१६ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2h ago
नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ । नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैंकको निरन्तर ...

#नबिल #नवौँ #सबैभन्दा
Compare →
Ekantipur
2h ago
सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा नवौँ पटक नबिल बैंक सम्मानित

नबिल बैंकले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ र आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर बुझाएको छ।

#नबिल #सबैभन्दा #तिर्ने
Compare →
Arthasansar
4h ago
सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन  सम्मानित

सबैभन्दा बढी आयकर तिर्ने बैंक नबिल, कर दिवसका दिन सम्मानित

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा नबिल बैंक सम्मानित भएको छ । राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष...

#नबिल #सबैभन्दा #तिर्ने
Compare →
Bizshala
1h ago
बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने नबिल बैंकलाई नवौँपटक सरकारी सम्मान, दुई वर्षमा ६ अर्ब ६० करोड कर भुक्तानी

काठमाण्डौ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने बैंकका रूपमा लगातार आफ्नो बलियो उपस्थिति...

#नबिल #तिर्ने #नवौँ
Compare →
Onlinekhabar
25m ago
यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता

यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता

१ मंसिर, काठमाडौं । सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो । यसबाहेक विभागले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान …

#सम्मान #सबैभन्दा #तिर्ने
Compare →

Related Stories

Business & Economy
Build #2612