Trending
Prev Story
Next Story

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

Onlinekhabar •
November 17, 2026 • 10:01 AM
3
3 reads 0 reactions 4 comments

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् । चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई …

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् ।

चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई आगामी सिजनदेखि मेन्टरको जिम्मेवारी दिने घोषणा गरेको हो । सन् २००८ देखि टोलीसँग आबद्ध धोनीले खेलाडी तथा कप्तानका रूपमा लामो समय बिताएपछि अब नयाँ भूमिकामा टोलीलाई मार्गदर्शन गर्नेछन् ।

चेन्नई सुपर किंग्सका मालिक एन श्रीनिवासनले धोनीबिनाको चेन्नई सुपर किंग्स कल्पना गर्न नसकिने बताएका छन् ।

उनले सन् २००८ मा धोनीलाई टोलीमा आबद्ध गराउने निर्णय आफ्नो सबैभन्दा राम्रो निर्णय भएको उल्लेख गर्दै उनको खेल उपलब्धिभन्दा पनि व्यक्तित्वको प्रशंसा गरेका छन् ।

धोनी सधैँ टोलीको पहिचान र परिवारको हिस्सा रहने श्रीनिवासनको भनाइ छ ।

टोलीकी अर्की मालिक रूपा गुरुनाथले धोनीले मैदानभित्र र बाहिर टोलीलाई दिएको योगदान अतुलनीय रहेको बताएकी छन् । उनले धोनीको नेतृत्व, विनम्रता र प्रतिबद्धताले चेन्नई सुपर किंग्सको जग निर्माण गरेको उल्लेख गर्दै युवा खेलाडीहरूको बाहुल्य रहेको टोलीमा उनको अनुभव र मार्गदर्शन महत्त्वपूर्ण हुने बताइन् ।

टोलीका प्रबन्ध निर्देशक केएस विश्वनाथनले धोनीले चेन्नईलाई आफ्नो सहरका रूपमा आत्मसात् गरेको र सहरले पनि उनलाई आफ्नै सदस्यका रूपमा स्वीकार गरेको बताए ।

उपाधिसँगै जित हासिल गर्ने उनको शैली पनि धोनीको वास्तविक विरासत भएको विश्वनाथनको भनाइ छ ।

धोनीले आफ्नो कप्तानीमा चेन्नई सुपर किंग्सलाई पाँच पटक आईपीएल उपाधि दिलाएका छन्। आईपीएलमा सर्वाधिक पाँच उपाधि जित्ने कप्तानको सूचीमा उनी संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।

उनले चेन्नईलाई दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधि पनि दिलाएका थिए, जुन प्रतियोगितामा कुनै पनि कप्तानको सर्वाधिक उपाधि हो ।

ब्याटिङमा पनि धोनी चेन्नईका सफल खेलाडीमध्ये एक हुन् । उनले टोलीका लागि ५ हजार ३१४ रन बनाएका छन् । चेन्नईका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् ।

टोलीबाट सर्वाधिक २७२ खेल खेलेका धोनीको नाममा अन्तिम बलमा खेल जिताउने थुप्रै प्रदर्शन र चर्चित हेलिकप्टर सटसमेत छन् ।

कप्तानी, ब्याटिङ र विकेटकिपिङमा धोनीले दिएको योगदानसँगै उनको शान्त स्वभाव, तीव्र स्टम्पिङ र फरक रणनीतिका कारण उनी चेन्नई सुपर किंग्सका समर्थकमाझ विशेष लोकप्रिय छन् ।

मैदानमा पहेँलो जर्सीमा उनलाई खेलिरहेको देख्न नपाइने भए पनि मेन्टरका रूपमा उनको भूमिका निरन्तर रहने क्लबले जनाएको छ ।

योसँगै खेलाडीका रूपमा धोनीको करियर टुङ्गिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Ekantipur
9m ago
धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

#धोनी #मेन्टर
Compare →

Related Stories

Technology
Build #2612