Trending
Prev Story
Next Story

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

Ekantipur •
November 17, 2026 • 10:32 AM
2
2 reads 0 reactions

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

धोनी आईपीएल २०२७ देखि चेन्नाईको मेन्टर बन्ने

सीएसकेले मंगलबार धोनी सन् २००८ देखि आबद्ध टोलीसँग आईपीएल २०२७ देखि नयाँ भूमिकामा जोडिने जानकारी दिएको छ।

काठमाडौँ — भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनी आईपीएल २०२७ देखि चेन्नाई सुपर किंग्स (सीएसके) को टिम मेन्टर बन्ने भएका छन्। फ्रेन्चाइजले धोनी नयाँ भूमिकामा टोलीसँग जोडिने मंगलबार जानकारी दिएको हो।

सन् २००८ देखि चेन्नाईसँग आबद्ध धोनीले आफ्नो कप्तानीमा टोलीलाई पाँच पटक आईपीएल उपाधि जिताएका छन्। उनको नेतृत्वमा चेन्नाईले दुई पटक च्याम्पियन्स लिग टी–२० को उपाधिसमेत जितेको छ।

सीएसकेका मालिक एन श्रीनिवासनले धोनी फ्रेन्चाइजको अभिन्न हिस्सा रहेको बताउँदै उनीबिना चेन्नाईको पहिचान अधुरो रहने उल्लेख गरेका छन्। उनले भने, 'एमएस धोनीबिना सीएसकेको कल्पना गर्न सकिँदैन। झन्डै दुई दशकदेखि हामीले सफलता, असफलता र हरेक उतारचढावमा सँगै यात्रा गरेका छौँ।'

त्यस्तै, मालिक रुपा गुरुनाथले धोनीको अनुभव र मार्गदर्शन युवा खेलाडीका लागि महत्त्वपूर्ण हुने बताएकी छन्। टोलीमा नयाँ पुस्ताका खेलाडीको संख्या बढ्दै गएकाले उनको मेन्टरको भूमिका अझ उपयोगी हुने विश्वास गरिएको छ।

धोनीले चेन्नाईका लागि २ सय ७२ खेल खेल्दै ५ हजार ३ सय १४ रन बनाएका छन्। उनी टोलीका दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने, हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’टुट्ने

ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने, हैदराबादको चर्चित ओपनिङ जोडी ‘ट्राभिशेक’टुट्ने

काठमाडौं । अस्ट्रेलियाका ओपनर ब्याटर ट्राभिस हेडले आईपीएल २०२७ नखेल्ने निर्णय गरेका छन् । उनले आगामी सिजनबाट बाहिरिने जानकारी आफ्नो टोली सनराइजर्स हैदराबादलाई गराएका छन् । हेडको यो निर्णयसँगै आईपी...

#आईपीएल #२०२७
Compare →
Onlinekhabar
52m ago
महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका रूपमा नयाँ भूमिका सम्हाल्ने भएका छन् । चेन्नई सुपर किंग्सले सोमबार धोनीलाई …

#धोनी #मेन्टर
Compare →

Related Stories

Sports
Build #2612