Trending
Prev Story
Next Story

यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ

Nagarik News •
November 17, 2026 • 08:04 AM
3
3 reads 0 reactions

कतिपयले औपचारिक विवाहमा सेतो गाउन लगाउँछन् भने विशेष परम्परागत कार्यक्रममा सुनौलो पहिरन लगाउने गर्छन्।

यस्तो ठाउँ जहाँ बेहुलीलाई शीरदेखि पाउसम्म सुनको पहिरनले ढाकिन्छ

ट्युनिसियामा विवाहका बेला बेहुलीलाई शीरदेखि पाउसम्म सुनजस्तै चम्किने पहिरनले ढाक्ने परम्परा छ।

त्यहाँ बेहुलीलाई भारी सुनौलो कपडा र गहनाले सजाइन्छ। यस्तो पहिरनमा सजिएकी एक बेहुलीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

भिडियोमा बेहुलीको पहिरन यति भारी देखिन्छ कि उनलाई एक्लै हिँड्नसमेत गाह्रो भएको छ। परिवारका सदस्यले हात समातेर अगाडि बढाएको देखिन्छ। उनको अनुहारसमेत पहिरनले छोपिएकाले अगाडि हेर्न कठिन भएको छ।

स्थानीय सञ्चारमाध्यम का अनुसार उक्त पहिरनमा सुनौलो कढाइ र गहनाको प्रयोग गरिएको छ। तर पहिरन पूर्ण रूपमा वास्तविक सुनबाट बनेको भने होइन।

यसमा सुनौलो धागो र सुनको जलप लगाइएका धातुका धागोबाट बाक्लो बुट्टा भरिने भएकाले निकै भारी हुन्छ। ट्युनिसियाको एउटा परम्परागत बेहुलीको पहिरनको तौल १० किलोभन्दा बढी पनि हुन्छ।

ट्युनिसियामा बेहुलीलाई विवाहका बेला यसरी सजाएर प्रस्तुत गर्ने विशेष समारोहलाई ‘जेल्वा’ भनिन्छ। मान्यताअनुसार विवाहका क्रममा बेहुलीलाई अरूको ईर्ष्या र नराम्रो नजरबाट जोगाउन अनुहारसमेत कपडाले ढाक्ने परम्परा छ।

त्यहाँका विभिन्न क्षेत्रमा बेहुलीका परम्परागत पहिरन फरकफरक छन्। कतिपय क्षेत्रमा सुनौलो धागोले कढाइ गरिएका लुगा, घुम्टो र गहना लगाउने चलन छ। यस्ता भारी पहिरन र गहना मिलाएर लगाउन विशेष सहयोगीसमेत राख्ने गरिन्छ।

अहिले ट्युनिसियाका विवाहमा आधुनिक र परम्परागत दुवै शैली अपनाइन्छ। बेहुलीले विवाहका विभिन्न कार्यक्रममा फरकफरक पहिरन लगाउँछन्।

कतिपयले औपचारिक विवाहमा सेतो गाउन लगाउँछन् भने विशेष परम्परागत कार्यक्रममा सुनौलो पहिरन लगाउने गर्छन्।

वास्तविक सुन महँगो हुने भएकाले कतिपय परिवारले सुनका पुराना गहनासँगै सुनको जलप लगाइएका गहना र पहिरनसमेत प्रयोग गर्छन्।

प्रकाशित: १ मंसिर २०८३ १३:४९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
3h ago
१ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २६७,२००

१ मंसिर २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २६७,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २६७,२०० र असली चाँदी रु ३,४९० रहेको छ।

#सुन
Compare →
Hamro Patro News
4h ago
सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

सुन–चाँदीको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

काठमाडौं– सुनको मूल्य घटेको छ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको हो । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य ...

#सुन
Compare →
Bizshala
4h ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुन
Compare →
Onlinekhabar
4h ago
तोलामा १९ सय रुपैयाँ घट्यो सुन

तोलामा १९ सय रुपैयाँ घट्यो सुन

१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ …

#सुन
Compare →
Arthasansar
3d ago
सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि...

#सुन
Compare →

Related Stories

Sports
Build #2612