शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ करोड बरामद गरेको हो ।
काठमाडौं — प्रहरीले ललितपुरको सानेपाबाट स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ बरामद गरेको छ ।
शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डेढ करोड बरामद गरेको हो ।
कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले स्रोत नखुलेको रकम बरामद गरिएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘बा प्र १ ०२७ च २७६५ नम्बरको भ्यानमा नख्खु चोकतर्फ गइरहेको अवस्थामा रोकेर जाँच गर्दा एक बोरामा विभिन्न दरका नोट फेला परेका हुन् ।’
प्रहरीले स्रोत नखुलेको रकमसहित पशुपतिनाथ पराग सप्लायर्सका मार्केटिङका कर्मचारी दीपक खड्का, गाडी चालक जयराम केसी र लोडर प्रज्वल रिजाललाई पक्राउ सानेपाबाट पक्राउ गरेको छ ।