रुपन्देही । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई प्रवेश मार्ग (एयर रुट) को विषय पुनः चर्चामा आएको छ। भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सहज बनाउन थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय प्रधानमन्त्रीको भारत भ्रमणको कार्यसूचीमा पर्ने भएपछि पर्यटन व्यवसायी र लगानीकर्तामा नयाँ आशा पलाएको छ।
विशेषगरी भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने वातावरण बन्ने हो कि भन्ने अपेक्षा गरिएको छ। भारतसँगको हवाई मार्गसम्बन्धी समस्या समाधान भए विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने र त्यसले लुम्बिनी, भैरहवा तथा समग्र पश्चिम नेपालको पर्यटन र अर्थतन्त्रमा नयाँ गति दिने व्यवसायीहरूको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )