३० कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ६ मंसिरमा भारतको राजकीय भ्रमण जान लागेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह तीन वटा मात्रै औपचारिक बैठकमा सहभागी हुनेछन् ।
भारतमा कुल साढे २५ घण्टा मात्रै रहने प्रधानमन्त्री शाहले भ्रमण क्रममा राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्नेछन् । त्यस्तै उनले भारतीय समकक्षी मोदीसँग एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरको बैठक गर्नेछन् । त्यसअतिरिक्त विदेशमन्त्री डा. एस जयशंकरले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )