Trending
Prev Story
Next Story

'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ'

Ekantipur •
November 16, 2026 • 09:02 AM
3
3 reads 0 reactions

भ्रमणमा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड ।

'प्रधानमन्त्रीको भारत भ्रमणमा पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउन छलफल हुनुपर्छ'

भ्रमणमा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड ।

काठमाडौँ — नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा छलफल तथा वार्ता हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । भ्रमणमा विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा उनीहरुको जोड थियो ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र सेन्टर फर पिस स्टडिज (सीपीएस) को संयुक्त आयोजनामा ‘नेपाल–भारत सम्बन्धका बदलिँदा आयाम’ विषयक छलफलमा वक्ताहरुले नेपाल–भारत सम्बन्धको विकसित हुँदै गएको स्वरूप तथा क्षेत्रीय र रणनीतिक परिदृश्यमा आइरहेका परिवर्तनहरूबारे गहन ढंगले विचारविमर्श हुनुपर्ने बताएका छन् ।

सीपीएसका सदस्य एवं  दिल्ली विश्वविद्यालयका डा. निहार नायकले नेपालका प्रधानमन्त्रीको अपेक्षित भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

‘विकास, पूर्वाधार, डिजिटल कनेक्टिभिटी तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका धेरै अवसरहरू छन्,’ उनले भने, ‘सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीहरूबारे पनि चर्चा गर्नुभयो। उक्त भ्रमणले नेपाललाई आफ्ना विकास प्राथमिकताहरू भारतसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न सक्नुपर्छ ।’

भ्रमणले आपसी विश्वास र सहकार्यमा अभिवृद्धि गर्न सकेमा दुवै देशका लागि लाभदायक हुने उनको भनाई थियो । ‘नेपाल सरकारले सीमा विवाद, गोर्खा भर्ती, पञ्चेश्वर परियोजना, हवाई सम्पर्क तथा गैरभन्सार अवरोधजस्ता लामो समयदेखि कायम चुनौतीहरूबारे पनि कुरा उठाउनुपर्छ,’ उनले थपे । सीपीएसका अध्यक्ष डा. अशोक के. बेहुरियाले नेपाल–भारत सम्बन्धलाई राज्यकेन्द्रित तथा सुरक्षामुखी दृष्टिकोणबाट मात्र हेर्ने परम्पराभन्दा माथि उठेर जनतालाई द्विपक्षीय सम्बन्धका प्रमुख सरोकारवालाका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए । भारतको विदेश नीतिको ऐतिहासिक विकासक्रमको चर्चा गर्दै उनले औपनिवेशिक विरासतले द्विपक्षीय सम्बन्धमा पारेको प्रभाव र त्यसबाट क्रमशः बाहिर निस्कँदै छिमेकी मुलुकप्रति बढी समावेशी दृष्टिकोण अपनाउने प्रक्रियाबारे प्रकाश पारेका थिए ।

गुजराल सिद्धान्तले अघि सारेको प्रतिफलको अपेक्षाविनाको सहयोगको अवधारणालाई उल्लेख गर्दै बेहरियाले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको बदलिँदो दृष्टिकोणबारे चर्चा गर्दै क्षेत्रीय स्थायित्व र विकास छिमेकी मुलुकहरूसँगको पारस्परिक हितमा आधारित सम्बन्धमा निर्भर रहने मान्यताको महत्व बढ्दै गएको छ ।’ प्रविधि उद्यमी शिक्षित भट्टले अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वभौमिकता र सुरक्षालाई आकार दिन प्रविधिको महत्व बढ्दै गएको बताए । ‘सेमिकन्डक्टर आपूर्ति शृङ्खला तथा आर्टिफिसियल इन्टेलिजेन्सलगायत महत्वपूर्ण प्रविधिगत पूर्वाधारमाथि सिमित नियन्त्रण भएकाले नेपाल र भारत दुवै जोखिमको अवस्थामा छ,’ उनले भने, ‘विशेषगरी कृत्रिम बौद्धिकता, साइबर सुरक्षा तथा डिजिटल पूर्वाधारजस्ता क्षेत्रमा सहकार्य बढाउनु पर्छ ।’

यी क्षेत्रहरू कूटनीति र सुरक्षासम्बन्धी चासोका नयाँ आयामका रूपमा विकसित भइरहेकाले नेपाल र भारतबीचको सम्बन्ध केवल प्रविधि प्राप्त गर्ने वा प्रयोग गर्ने तहमा सीमित नराखी संयुक्त रूपमा प्रविधिको विकास गर्ने सहकार्यमा रूपान्तरण हुनुपर्ने उनको जोड थियो ।

नाइस नेपालका कार्यक्रम संयोजक तथा अनुसन्धान सहायक विवेक ध्वज थापाले नेपाल र भारत दुवै देशको कुल जनसंख्याको करिब ५०–६० प्रतिशत हिस्सा युवाले ओगटेको उल्लेख गर्दै उनीहरुको सहभागिताविना द्विपक्षीय सम्बन्ध अगाडि बढ्न नसक्ने बताए । उनले सम्बन्धको भविष्य निर्माणमा युवाहरूको विचार र आवाजलाई महत्व दिनुपर्नेमा जोड दिए ।

‘नेपालका वर्तमान युवाहरूले आफ्ना अघिल्ला पुस्ताले अनुभव गरेको शीतयुद्धकालीन मनोवैज्ञानिक त्रास र त्यससँग जोडिएको दृष्टिकोण बोकेका छैनन्,’ उनले भने, ‘बरु उनीहरू कुनै पनि प्रकारको भूराजनीतिक प्रतिस्पर्धा वा शक्ति संघर्षमा नअल्झिई आफ्नो देशको विकास भएको हेर्न चाहन्छन् ।’ कार्यक्रममा नाइस नेपाल र सीपीएस बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री वालेन्द्र शाह दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्नु एक साताअघि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटा टोली उत्तरी छिमेकी चीनको १० दिने ...

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Nagarik News
8h ago
प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्रीको भारत भ्रमण सीमा विवाद, व्यापार घाटा, निर्यात प्रवर्द्धनमा केन्द्रित

प्रधानमन्त्री बालेन्द्र शाहको एक सातापछि हुने भारत भ्रमणलाई दुई देशबिचको सम्बन्धमा नयाँ आयाम थप्ने अवसरका रूपमा हेरिएको छ।

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
1h ago
भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत र चीनसहित तीन देशमा नेपालका नयाँ राजदूत नियुक्त, शीतल निवासमा शपथ

काठमाण्डौ । सरकारले सिफारिस गरेका भारत, चीन र इजरायलका लागि नेपाली राजदूतको नियुक्ति प्रक्रिया पूरा भएको छ।...

#भारत
Compare →
Onlinekhabar
2h ago
भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ

३० कात्तिक, काठमाडौं । राष्ट्रपति  रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन्  । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा …

#भारत
Compare →
Arthasansar
4h ago
न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

न्युजिल्यान्डविरुद्धको सिरिज भारतलाई

भारतले न्युजिल्यान्डविरुद्धको पाँचौं ओडीआईमा २२ रनको जित निकाल्दै सिरिज ३–१ ले जितेको छ। अन्तिम खेलमा २२ रनकाे जित निकाल्दै भारले...

#भारत
Compare →

Related Stories

World News
Build #2612