Trending
Prev Story
Next Story

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत, निर्माण तीव्र

Ekantipur •
November 16, 2026 • 09:02 AM
3
3 reads 0 reactions

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरूमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान भइसकेको छ । कुल ३४.७० किलोमिटर लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत, निर्माण तीव्र

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरूमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान भइसकेको छ । कुल ३४.७० किलोमिटर लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ ।

काठमाडौँ — तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७९ प्रतिशत पुगेको छ । प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेडले तीन प्याकेजमा विभाजन गरी आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले प्याकेज–१ अन्तर्गत बाँधस्थललगायतका संरचना, प्याकेज–२ अन्तर्गत मुख्य सुरुङ विद्युत्‌गृह तथा सम्बन्धित उपकरणहरू र प्याकेज–३ मा दमौली (तनहुँ) भरतपुर २२० केभी डबलसर्किट प्रसारणलाइन निर्माण गर्ने गरी ठेक्का लगाइएको छ ।

प्याकेज- १ को काम निर्माण व्यवसायी सोङदा–कालिका जेभीले गरिरहेको छ । अहिले मुख्य बाँधमा ६५ प्रतिशत कंक्रिटको काम भइसकेको आयोजना प्रमुख श्याम भण्डारीले बताए । मुख्य बाँध निर्माणस्थलको दायाँ र बायाँतर्फ ग्राउटिङ ग्यालरी सुरुङलगायत निर्माण भइरहेको छ । उक्त प्याकेजको समग्र निर्माण प्रगति ६८ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।

प्याकेज-२ को काम निर्माण व्यवसायी सिनो हाइड्रो कर्पोरेसन, चीनमार्फत भइरहेको छ । भूमिगत संरचनाहरू निर्माणका लागि खन्ने काम सकेर अधिकांश संरचनाको सिभिल निर्माण समेत सकिएको छ । विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्ट ट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कंक्रिटिङलगायत मुख्य संरचनाहरूमा उत्खनन तथा कंक्रिटिङ अन्तिम चरणमा पुगेको छ । विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडान जारी रहेको भन्दै कम्पनीले प्याकेज-२ को ८० प्रतिशत भौतिक प्रगती रहेको जनाएको छ ।

प्याकेज- ३ को प्रसारणलाइनको काम निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । दमौली–भरतपुर २२० केभीको ३४.७० किलोमिटर प्रसारणलाइन निर्माण गर्नुपर्नेछ । गत असोजमा कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये हालसम्म ८३ वटाको जग राख्ने र ८१ वटा जडान सकिएको छ । कुल ३४.७० किलोमिटर (चितवनको भरतपुरसम्म) लामो प्रसारण लाइनको १.७ किलोमिटर तार तानिएको कम्पनीले जनाएको छ । अझै ३३ किलोमिटर तार तान्न बाँकी रहेको छ । प्रसारणलाइनतर्फको समग्र भौतिक प्रगति ८३ प्रतिशत रहेको छ ।

प्याकेज–२ र प्याकेज–३ को काम जनवरी २०१९ बाट सुरु भएको थियो भने प्याकेज–१ को काम अगस्ट २०२१ बाट भएको थियो । त्यसकारण प्याकेज- १ को भौतिक प्रगती कम देखिएको कम्पनीले जनाएको छ । तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ ।

त्यसमध्ये जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, एसियाली विकास बैंक (एडीबी)ले १५ करोड र युरोपियन लगानी बैंकले ८ करोड ५० लाख अमेरिकी डलर वैदेशिक सहायतामार्फत उपलब्ध गराउनेछन् । बाँकी ८ करोड ६० लाख अमेरिकी डलर भने नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले स्वदेशी लगानीका रूपमा व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कम्पनीले आयोजनाबाट विद्युत् उत्पादनपछि प्राप्त हुने बहाव र मादी नदीको पानीलाई प्रयोग गरी तल्लो तटीय क्षेत्रमा १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजना विकास प्रक्रिया पनि अगाडि बढाएको छ ।

समग्र आयोजनाको निर्माण असार २०८३ भित्र (मे २०२६) सक्ने लक्ष्य थियो । रिभर डाइभर्सन गरी बाँध बनाउने काम नै एक वर्ष ढिलाई भएकाले समग्र काम पछाडि धकेलिएको भण्डारीले बताए । ‘रिभर डाइभर्सन गरी बाँध बनाउनु पर्ने थियो । त्यो एक वर्षका कारण ढिला भयो । विस्फोटक पदार्थहरू समयमा पाइएन । यस्तै विविध समस्याहरूका कारण ढिलाइ भयो,’ उनले भने, ‘अब समग्र आयोजनाको निर्माण सेप्टेम्बर २०२७ सकाउने लक्ष्य लिइएको छ ।’

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2h ago
भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

भौतिक प्रगति ५० प्रतिशत भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने

५० प्रतिशत भौतिक प्रगति भएका जलविद्युत् आयोजनाले आईपीओ ल्याउन पाउने भएका छन् । सरकारले तयार पारेको ‘लगानी तथा पूर्वाधार सम्बन्धी...

#जलविद्युत् #आयोजना #भौतिक
Compare →
Hamro Patro News
17h ago
सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन हुने

हुम्ला – हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ५ मा निर्माण हुने सुपर हुम्ला कर्णाली नदी जलविद्युत् आयोजनाको निर्माणको बाटो खुलेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ( इआईए ) गर्नका लागि इन्स्पायर...

#जलविद्युत् #आयोजना
Compare →
Nagarik News
1d ago
बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गर्न युएईसमक्ष नेपालको प्रस्ताव

नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ।

#जलविद्युत् #आयोजना
Compare →
Bizshala
3d ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत्
Compare →

Related Stories

World News
Build #2612