Trending
Prev Story
Next Story

दुर्घटनामा मृतकका आफन्तद्वारा क्षतिपुर्ति माग्दै गुलरिया–नेपालगन्ज सडकमा अवरोध

Ekantipur •
November 16, 2026 • 09:02 AM
1
1 reads 0 reactions

शनिबार फोर्स गाडीको ठक्करबाट बाबुछोराको मृत्यु भएपछि आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन्।

दुर्घटनामा मृतकका आफन्तद्वारा क्षतिपुर्ति माग्दै गुलरिया–नेपालगन्ज सडकमा अवरोध

शनिबार फोर्स गाडीको ठक्करबाट बाबुछोराको मृत्यु भएपछि आफन्तले सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन्।

बर्दिया — दुर्घटनाको विषयलाई लिएर मृतकका परिवारले गुलरिया-नेपालगन्ज सडकखण्ड अवरुद्ध गरेका छन् । उचित क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले गुलरिया नगरपालिका–११ लालपुरस्थित सोमबार बिहानदेखि सडक अवरुद्ध गरेका हुन् ।

गत शनिबार फोर्स गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको थियो । मोटरसाइकल चालक बाँके राप्तिसोनारी गाउँपालिका–५ का ३४ वर्षीय हुकुमबहादुर खत्री र सोही मोटरसाइकलमा पछाडि सवार उनका बाबु ५५ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको थियो । यस्तै फोर्स गाडीमा सवार १५ जना घाइते भएका थिए ।

पीडित परिवार र यातायात समितिबीच सहमति नजुट्दा आफन्तहरुले बाटो अवरुद्ध गर्न खोजेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले बताए । ‘सहमति नजुट्दा पीडित परिवारले अझैसम्म शव बुझेका छैनन्,’ उनले भने,‘अवरुद्ध बाटो खोलाउने प्रयास भइरहेको छ ।’ फोर्स गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको उनले जनाए ।

प्रहरी उपरीक्षक पौडेलका अनुसार घाइते १५ मध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हातमा चोट लागेका तीन जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।

गुलरियाबाट नेपालगन्जतर्फ गइरहेको बा ५ ख ५६०५ नम्बरको मिनी फोर्स गाडी र विपरीत दिशाबाट आइरहेको सिएचओ १ सिएम ९४३७ नम्बरको भारतीय मोटरसाइकल गुलरिया नगरपालिका–११ लालपुरमा एकआपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना भएको थियो ।

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
7h ago
मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

मुगुमा गाडी दुर्घटना : मृतक तीनैजनाको सनाखत

३० कात्तिक, सुर्खेत । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । दुई जना घाइते छन् । मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय …

#गाडी #मृत्यु #दुर्घटना
Compare →
Hamro Patro News
1d ago
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

गाडीले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु, १५ जना घाइते

बर्दियामा एक गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। थप १५ जना घाइते भएका छन्। बाँकेमा पनि गाडीले पैदलयात्रीलाई ठक्कर दिँदा थप एक जनाको मृत्यु भएको छ। बर्दियामा गाडीको ठक्करबाट ब...

#गाडी #मृत्यु #मोटरसाइकल
Compare →
Nagarik News
1d ago
बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

बर्दियामा मिनी फोर्स र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, १७ जना घाइते

गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा मिनी फोर्स गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

#फोर्स #मृत्यु #मोटरसाइकल
Compare →
Arthasansar
40m ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#मृत्यु #दुर्घटना
Compare →
Bizshala
21h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#मृत्यु #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612