झापा । शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा आज साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकस्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश३–०१–०२४च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे३प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
Read full story at source ( ratopati.com )