Trending
Prev Story
Next Story

टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री

Onlinekhabar •
November 17, 2026 • 04:00 AM
3
3 reads 0 reactions

१ मङ्सिर, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री …

टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री

१ मङ्सिर, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ ।

स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन् । निरन्तरको मिहिनेत र अनुभवले उनलाई गाउँकै अगुवा टमाटर किसानका रूपमा स्थापित गरेको छ । गत वर्ष चार हजार ५०० बोट टमाटर लगाएका उनले बिक्रीबाट तीन लाख ५० हजार रुपैयाँ आम्दानी गरेका थिए । उत्पादन सुरु हुँदा प्रतिकेजी ५० रुपैयाँ र सिजनको अन्त्यतिर ९० रुपैयाँसम्ममा टमाटर बिक्री गरेका थिए ।

यस वर्ष उनले खेती विस्तार गरी १५ रोपनी जमिनमा सात हजार ५०० बोट टमाटर लगाएका छन् । अहिले अगुवा बोटमा उत्पादन सुरु भइसकेको छ । यस वर्ष करिब १० हजार केजी टमाटर उत्पादन हुने उनको अनुमान छ । हाल प्रतिकेजी ५० रुपैयाँका दरले टमाटर बिक्री भइरहेको छ । गत वर्षकै हाराहारीमा मूल्य कायम रहे सात लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अपेक्षा छ ।

टमाटरखेतीबाटै घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी अर्की किसान मनिषा राईले गत वर्ष चार लाख रुपैयाँ आम्दानी गरेकी थिइन् । उनले यस वर्ष पनि तीन हजार बोट टमाटर लगाएकी छन् । पूर्वकार्यपालिका सदस्यसमेत रहेकी मनिषाका अनुसार टोड्केका अधिकांश किसानको घरव्यवहार टमाटरखेतीबाट प्राप्त आम्दानीमा निर्भर छ ।

त्यस्तै, किसान विनोद राईले यस वर्ष पाँच हजार बोट टमाटर लगाएका छन् । यसअघि दुईदेखि तीन हजार बोटसम्म खेती गर्दै आएका उनले टमाटरबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार गरेका हुन् । बजार मूल्य राम्रो पाए आम्दानी पनि बढ्ने उनको अपेक्षा छ ।

टोड्के टोलका ८० घरपरिवार नै व्यावसायिक टमाटरखेतीमा संलग्न रहेको वडाध्यक्ष प्रदीप साङपाङले बताए । उनका अनुसार यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । टोड्केलाई टमाटरको पकेट क्षेत्रका रूपमा विकास गर्ने सोच रहेको उनले बताए ।

अन्य अन्नबालीको तुलनामा टमाटरखेतीबाट राम्रो आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् । टमाटरखेती वर्षमा करिब छ महिना मात्र हुने भएकाले बाँकी समयमा मकैखेती गर्ने गरिएको स्थानीय किसान बताउँछन् । फरकफरक बाली लगाउँदा बाली चक्र कायम रहने र जमिनको गुणस्तर जोगाउन सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

टोड्केमा टमाटरको मुख्य उत्पादन असोजदेखि पुससम्म हुने गर्छ । रोपेको करिब ७० दिनमा फल दिन थाल्ने टमाटरको एउटा बोटबाट छ केजीसम्म उत्पादन हुने किसानको अनुभव छ ।

यहाँ उत्पादित टमाटर स्थानीय चिसोपानी पञ्चमी बजारका साथै व्यापारीमार्फत झापाको दमकसम्म पुग्ने गरेको छ । निर्माणाधीन बिपी मार्गको स्तरोन्नतिसँगै यातायात सुविधा सहज भएकाले बजारसम्म उत्पादन पुर्‍याउन सजिलो भएको स्थानीय किसान मनुकुमार राईले बताए । व्यापारीले बगानबाटै टमाटर खरिद गरेर लैजाने गरेकाले उत्पादन बिक्री नहुने चिन्ता नरहेको उनको भनाइ छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
टमाटर खेतीमा अब्बल बन्दै टोड्केका किसान

टमाटर खेतीमा अब्बल बन्दै टोड्केका किसान

इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ।

#व्यावसायिक #बन्दै #टोड्के
Compare →
Hamro Patro News
1d ago
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार ७६० किलोग्राम...

#बिक्री #बन्दै
Compare →
Ekantipur
21h ago
पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

तरकारीदेखि सुन्तला, किवी, पशुपालन र होमस्टेसम्मका उद्यमले अर्घाखाँचीका गाउँमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेका छन्।

#गाउँ
Compare →

Related Stories

Business & Economy
Build #2612