Trending
Prev Story
Next Story

प्रशासनिक र आर्थिक केन्द्र बन्यो रास्कोट

Nagarik News •
November 16, 2026 • 07:17 AM
4
4 reads 0 reactions

धेरै नेताले स्थानीय तह कार्यान्वयन भएपछि गाउँगाउँमा सिंहदरबारको अधिकार आउने भन्दै भाषण गरेका थिए।

प्रशासनिक र आर्थिक केन्द्र बन्यो रास्कोट

धेरै नेताले स्थानीय तह कार्यान्वयन भएपछि गाउँगाउँमा सिंहदरबारको अधिकार आउने भन्दै भाषण गरेका थिए। उतिबेला नेताहरूले आश्वासन गरेअनुसार अहिले सेवा नपाएको नागरिकले गुनासो गरिरहेका छन्।

सिंहदरबारको अधिकार गाउँमा आएन, तर कालीकोटको रास्कोट नगरपालिकाले आफ्नो प्रशासनिक कामकाजमार्फत सिंहदरबारको झल्को दिइरहेको छ।

‘गाउँ–गाउँमा सिंहदरबार’ को नारालाई चरितार्थ गर्दै रास्कोटले स्थानीय नागरिकलाई आफ्नै घरदैलोमा सिंहदरबारको जस्तै प्रशासनिक सेवासुविधा उपलब्ध गराउन विभिन्न जनमुखी कार्य थालेको हो।

संघीयताको मुख्य मर्म नै सिंहदरबारमा केन्द्रित अधिकार र सेवालाई स्थानीय तहसम्म पु¥याउनु हो, जसमा रास्कोटले थुप्रै उदाहरणीय प्रयास गरिरहेको छ। नगरपालिकाले घरदैलोमै घुम्ती शिविर, नियमित सामाजिक सुरक्षा भत्ता, मालपोत तथा नापी सेवा, ‘एक घर एक धारा’ अभियान, सुरक्षित र व्यवस्थित विद्युत्, नगर प्रहरी, विशेषज्ञ सेवा, इलाका प्रशासन सेवा, करदाता सेवा, सुशासनलगायतका काम गरिरहेको छ।

सिंहदरबारको झल्को गाउँमै पाउँदा स्थानीयवासी उत्साहित देखिन्छन्। गाउँमै सरकारी सेवा सुविधा सहजरूपमा पाउन थालेपछि रास्कोटवासीले सिंहदरबार गाउँमै आइपुगेको अनुभूति गर्न थालेका छन्।

सार्वजनिक सेवा र सुविधा आफ्नै घरआँगनमा सजिलैसँग पाउन थालेपछि रास्कोटबासी दंग छन्। ‘सेवा सुविधा लिन यसअघि सदरमुकाम मान्म धाउनुपर्ने अवस्था थियो, अहिले ती सबै गाउँबाटै सहज रूपमा पाएपछि खुसी छौं’, रास्कोटकी मनपुर फर्सालले भनिन्, ‘जिल्लाबाट प्रदान गर्ने सेवासुविधासमेत घरआँगनमा पाउन थालेपछि सहजता थपिएको छ।’

रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीका अनुसार नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय स्तरमै विभिन्न कार्यालय तथा सेवा विस्तार गरिएको बताए। उनले स्थानीय स्तरमा सेवा सञ्चालन हुँदा नागरिकको समय, श्रम र खर्च बचत हुनुका साथै प्रशासनिक पहुँचसमेत बढेको बताए।

नगरपालिकाले विभिन्न स्थानमा घुम्ती शिविर आयोजना गरेर जनतालाई घरैमा सेवा दिने, ज्येष्ठ नागरिक परिचयपत्र, अपांगता परिचयपत्र, वडा योजना सम्झौतालगायत सेवा वडा र अन्य सेवा नगरपालिकाबाट प्रदान गरेको छ।

अशक्त, ज्येष्ठ नागरिक, महिला र विपन्न वर्गका लागि सदरमुकामसम्म यात्रा गरी सरकारी कार्यालयका जटिल प्रक्रिया पूरा गर्नु कठिन थियो। घरदैलोमै सेवा पुग्दा विशेषगरी ग्रामीण र पहुँचविहीन समुदायले राज्यको उपस्थिति प्रत्यक्ष महसुस गर्न पाएको भूमि व्यवस्थापन शाखा प्रमुख धनबहादुर फडेराले बताए।

भौगोलिक विकटता र यातायातको कठिनाइका कारण सदरमुकाम पुगेर सेवा लिनुपर्ने बाध्यतामा रहेका नागरिकका लागि रास्कोटमा सरकारी सेवा विस्तार महत्वपूर्ण उपलब्धि बनेको छ। स्थानीय सरकारको सक्रियता र सरकारी निकायको समन्वयमा सेवा विस्तार हुँदै जाँदा रास्कोट प्रशासनिक तथा आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास हुँदै गएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १३:०२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

२३ कात्तिक, काठमाडौं । संविधानत : नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको एक दशकभन्दा बढी भइसकेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’को नारा लगाउँदै संविधान निर्माताले राज्यशक्तिलाई संघ, प्रदेश र स्थानीय तहमा बाँडे । तर यसको व्यवहारिक …

#अधिकार #गाउँ
Compare →
Hamro Patro News
2d ago
गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

गोठमा गोरु नहुँदा खल्लो बन्यो पूजा

कुनै समय सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका रामकाजी श्रेष्ठको घरमा दुई हल गोरु थिए । ठुलो खेतीपाती भएकाले एक हल बेँसीमा र अर्को हल गाउँको गोठमा बाँधिन्थे । खेतबारी जोत्न गोरुकै भर पर्नुपर्ने त...

#गाउँ #बन्यो
Compare →

Related Stories

Technology
Build #2612