अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताउनुभएको छ ।
सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताउनुभयो । अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )