Trending
Prev Story
Next Story

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ निर्वाचित

Nagarik News •
November 16, 2026 • 06:53 AM
4
4 reads 0 reactions

नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ।

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सञ्जीव श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत जनसम्पर्क समिति अमेरिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सञ्जीव श्रेष्ठलाई समितिको सभापतिमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सभापतित्व जनसम्पर्क समिति अमेरिका संयोजक प्रमोद सिटौलाले गरेका थिए।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले विदेशमा रहेर पनि नेपालीहरूले मातृभूमिको सेवा र देशको उन्नतिमा निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। उनले विदेशमा रहेका नेपालीहरूको देशप्रतिको माया, सद्भाव र सहयोगप्रति विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि डा. कोइरालाले नेपाली कांग्रेसले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनका सबै महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको उल्लेख गर्दै इतिहासले दिएको गौरव र जिम्मेवारीलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका थिए। उनले नेपालको समृद्धिको यात्रामा अमेरिकामा रहेका नेपालीहरूको साथ र सहयोग महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै पार्टीभित्र बृहत् एकता कायम गरी कांग्रेसलाई अझ बलियो र सशक्त पार्टी बनाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू जितजंग बस्नेत, किरण पौडेल, रणबहादुर रावल, लक्ष्मी खतिवडालगायत जनसम्पर्क समिति अमेरिकाका नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।

अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति

तेस्रो अधिवेशनबाट सञ्जीव श्रेष्ठ सभापतिमा निर्वाचित भएका छन्। त्यस्तै, उपसभापतिमा फिलिप केसी र अविनाश नायक निर्वाचित भएका छन्। महामन्त्रीमा विनोद गौली, इन्द्र सिटौला, प्रेमकाजी श्रेष्ठ र रामबहादुर देउवा निर्वाचित भएका छन्।

सह-महामन्त्रीमा शलिन बस्नेत र शिव ढकाल तथा भरतराज जोशी, दीपा कार्की र श्याम यादव निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा वाजिन्द्र राना, विनोद शाह, जोश निदल, जोशम श्रेष्ठ, मिसन भट्टराई, नवराज भट्ट, पार्वती उपाध्याय, राधा ग्यावाली, राजकुमार श्रेष्ठ, राम ढकाल, रेनु बम्जन, उमा थापा र विश्व लामा निर्वाचित भएका छन्।

अधिवेशनले विनोद गौली, चित्र कार्की, सीपी पौडेल, दीपादेवी ऐर, डा. विनोद शाह, जितेन्द्र गुरुङ, नवराज भट्ट, प्रमोद सिटौला, पुरुषोत्तम ढकाल, राजु शाह, रामप्रसाद अधिकारी, लम्साल र सुमित्रा योञ्जनलाई सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।

अमेरिकामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै पार्टीको संगठन विस्तार, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका थप प्रभावकारी बनाउने अपेक्षासहित अधिवेशन सम्पन्न भएको छ।

प्रकाशित: ३० कार्तिक २०८३ १२:३८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
28m ago
मंसिर १ मा हुने कांग्रेसको मोरङ जिल्ला अधिवेशनले १ सय २५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने

मंसिर १ मा हुने कांग्रेसको मोरङ जिल्ला अधिवेशनले १ सय २५ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने

• नेपाली कांग्रेसले मंसिर १ गते विराटनगरमा १ सय २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने जिल्ला अधिवेशन आयोजना गर्नेछ। • अधिवेशनको उद्घाटन कांग्रेस नेता डा शशांक कोइरालाले गर्ने कार्यक्रम रहेको छ…

#कांग्रेस #अधिवेशन #निर्वाचित
Compare →
Onlinekhabar
21h ago
पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् । छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । …

#कांग्रेस #अधिवेशन
Compare →
Ekantipur
3h ago
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो

#अमेरिका
Compare →
Bizshala
6h ago
अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

अमेरिकामा फेरि हजारौँ उडान रद्द, के हो कारण ?

काठमाडौं । अमेरिकामा देशभरका उडान रोक्ने निर्णय गरिएको दुई दिन बितिसक्दा पनि हवाई यातायात सेवा सामान्य अवस्थामा फर्किन...

#अमेरिका
Compare →
Arthasansar
21h ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#अमेरिका
Compare →

Related Stories

World News
Build #2612