Trending
Prev Story
Next Story

पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

Onlinekhabar •
November 15, 2026 • 11:30 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् । छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । …

पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारीमा छौं : गगन थापा

२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पुसको पहिलो साता जिल्ला अधिवेशन गर्ने तयारी रहेको बताएका छन् ।

छठ मनाउनका लागि सर्लाही पुगेका थापाले पुसको उक्त जानकारी गराएका हुन् । ‘टुंगो गर्न बाँकी छ । अहिलेसम्म मोटामोटी पुसको पहिलो साता जिल्ला अधिवेशन गर्छौ,’ सभापति थापाले भने,‘त्यसपछि थोरै अवधि ३/४ दिन राखेर प्रदेश अधिवेशन गर्छौ ।’

कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन बाँकी राखेर केन्द्रीय अधिवेशन असोजमा गरेको थियो । जिल्ला र प्रदेश अधिवेशन सके लगत्तै स्थानीय तहको चुनावमा केन्द्रित हुने थापाले जानकारी गराए ।

मंसिरको ४ गते स्थानीय तहको निर्वाचनको मिति बारे छलफल गर्न दलहरूलाई निर्वाचन आयोगले बोलाएको जानकारी पनि थापाले कार्यकर्तालाई गराए ।

छठका पर्व मनाउन गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ मा पुगेका थापा सोमबार काठमाडौं फर्कने छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
24m ago
कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

कांग्रेसको मुख्य चिन्ता देशले दुःख नपाओस् भन्ने हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Hamro Patro News
53m ago
सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा

सरकार ढंगले चलेन भने देशले दुःख पाउँछ : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालन गर्ने जिम्मेवारी पाए पनि सरकार सही ढंगले सञ्चालन नभए देशले दुःख पाउने बताएका छन् । छठ पर्व मनाउ...

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Ekantipur
19h ago
देउवा पक्ष अब प्रदेश अधिवेशनमा

देउवा पक्ष अब प्रदेश अधिवेशनमा

१ सय ३४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भइसकेको निर्वाचन समितिको भनाइ, मधेशमा आठ जिल्लामध्ये धनुषामा मात्र क्षेत्रीय अधिवेशन भयो, मधेशबाहेक मनाङ, मुस्ताङ र रसुवामा पनि अधिवेशन बाँकी

#अधिवेशन
Compare →

Related Stories

National (Nepal)
Build #2612