२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ। पोखराको लागि आजको खेल नै यो सिजनको अन्तिम खेल हुनेछ। काठमान्डु भने प्लेअफमा पुगिसकेको छ।
आजको खेलमा काठमान्डुले चार परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमश: सुमीत महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टो आएका छन् ।
पोखराले पनि तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा बिपिन आचार्य, विवेक राना मगर र दिनेश खरेल आएका छन् ।
दुई विकेटकिपर अर्जुन घर्ती र सदिरा समराविक्रमा बेन्चमा रहेपछि पोखराको विकेटकिपिङ आज अर्जुन कुमालले गर्दैछन् ।