पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आइतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्दैछ । टीयू मैदानमा काठमान्डुले टस जितेर पहिले बलिङको निर्णय गरेको छ ।
यस्तोमा पोखरा पहिले ब्याटिङमा ओर्लिनेछ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेमा काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
पोखराले अहिलेसम्म काठमान्डुलाई हराउन सकेको छैन । त्यसैले काठमान्डुसामु पोखरामाथि जितको ह्याट्रिक बनाउने अवसर पनि हुनेछ । पोखरा भने यसपल्ट पनि प्ले–अफ समीकरणबाट बाहिरिसकेको छ र दुई अंकमै सीमित रहेर लिग तालिकाको अन्तिम स्थानमा छ ।
काठमान्डु टिम : करण केसी (कप्तान), भीम सार्की, रसिद खान, सन्तोष यादव, गणेश गौत्तम, सोनु देवकोटा, सुमित महर्जन, जहानदाद खान, सहन अराचिगे, विलियम बोसिस्टो र समिट पटेल ।
पोखरा टिम : कुशल भुर्तेल, विपिन खत्री, अर्जुन कुमाल, दिनेश खरेल, विपिन आचार्य, विवेक रानामगर, सन्नी विक, रमेश मेन्डिस, युवराम समरा, चामिका करुनारत्ने (कप्तान), धनञ्जय लक्सन ।