Trending
Prev Story
Next Story

एनपीएल : लिगको अन्तिम खेलमा काठमान्डु टस जितेर बलिङ गर्दै, पाेखरा ब्याटिङमा

Ekantipur •
November 15, 2026 • 11:32 AM
3
3 reads 0 reactions

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । लिग चरणको यो २८औं एवं अन्तिम खेल हो । काठमान्डु गाेर्खाजका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । पाेखरा पहिलाे ब्याटिङमा आउनेछ । लाइभ अपडेटमा हामीसँगै जाेडिनुहाेला ।

एनपीएल : लिगको अन्तिम खेलमा काठमान्डु टस जितेर बलिङ गर्दै, पाेखरा ब्याटिङमा

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । लिग चरणको यो २८औं एवं अन्तिम खेल हो । काठमान्डु गाेर्खाजका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । पाेखरा पहिलाे ब्याटिङमा आउनेछ । लाइभ अपडेटमा हामीसँगै जाेडिनुहाेला ।

काठमान्डुका पाकिस्तानी खेलाडी जहान्दाद खानले जारी एनपीएलमा उनको यो १२ औं विकेट लिएका छन् । उनी पनि सर्वाधिक विकेट लिने सूचीमा पुगेका छन् । उनले यस अगाडिका ६ खेलमा ११ विकेट लिइसके्का छन् ।

काठमान्डका जहान्दाद खानले अर्जुन कुमाललाई पटेलबाट क्याचआउट गराएका छन् ।

पोखराले दोस्रो ओभर समाप्तिमा विना विकेट १३ रन बनाएको छ । अर्जुन कुमाल १ र युवराज समरा ६ खेलिरहेका छन् । दोस्रो ओभरको बलिड गरेका करण केसीले गरेका थिए । उनले एक चाैका सामना गरे ।

पोखराका अर्जुन कुमाल र युवराज समरा ब्याटिङमा आएका छन् । पहिलाे ओभरकाे बलिङ काठमान्डुबाट जहान्दाद खानले गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आइतबारको खेलमा काठमान्डु गोर्खाजले पोखरा एभेन्जर्सको सामना गर्दै छ । टीयू मैदानमा काठमान्डुले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । यस्तोमा पोखरा पहिले ब्याटिङमा ओर्लिने छ । यो लिग चरणको अन्तिम खेल हुनेछ । काठमान्डु यसअघि नै प्ले–अफ पुगिसकेको छ । यो खेल जित्न सकेका काठमान्डुले पहिलो क्वालिफायर खेल्ने अवसर पाउनेछ । पोखराले अहिलेसम्म काठमान्डुलाई हराउन सकेको छैन् । त्यसैले काठमान्डुसामु पोखरामाथि जितको ह्याट्रिक बनाउने अवसर पनि हुनेछ । पोखरा भने यसपल्ट पनि प्ले–अफ समीकरणबाट बाहिरिसकेको छ र दुई अंकमै सीमित रहेर लिग तालिकाको अन्तिम स्थानमा छ ।

काठमान्डु टिम : करण केसी (कप्तान), भीम सार्की, रसिद खान, सन्तोष यादव, गणेश गौत्तम, सोनु देवकोटा, सुमित महर्जन, जहान्दाद खान, सहन अराचिगे, विलियम बोसिस्टो र समिट पटेल ।

पोखरा टिम : कुशल भुर्तेल, विपिन खत्री, अर्जुन कुमाल, दिनेश खरेल, विपिन आचार्य, विवेक रानामगर, सन्नी विक, रमेश मेन्डिस, युवराम समरा, चामिका करुनारत्ने (कप्तान), धनञ्जय लक्सन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
39m ago
पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो …

#एनपीएल #काठमान्डु #बलिङ
Compare →
Hamro Patro News
41m ago
एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आईतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । काठमान्डु र पोखरा एभेन्जर्सबिचको खेलमा काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गर...

#एनपीएल #काठमान्डु #बलिङ
Compare →
Nagarik News
8h ago
९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि

९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधि

ओमानको अल अमेरात क्रिकेट मैदानमा शनिबार सम्पन्न रोमाञ्चक खेलमा भारतले अन्तिम बलमा लक्ष्य पूरा गर्दै उपाधि जितेको हो।

#विकेट #अन्तिम
Compare →
Arthasansar
3h ago
टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2612