Trending
Prev Story
Next Story

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

Nagarik News •
November 15, 2026 • 10:06 AM
3
3 reads 0 reactions

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केवल ८९ रन मात्र जोडेको छ।

सङ्कटमा चितवन: ८९ रनमै गुमायो ७ विकेट

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को २७औं खेलमा कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याइरहेको चितवन राइनोज सङ्कटमा परेको छ। ताजा अवस्थामा १३.३ ओभरको समाप्तिमा चितवनले ७ विकेट गुमाएर केवल ८९ रन मात्र जोडेको छ।

हाल ६.५९ को रनरेटमा खेलिरहेको चितवनलाई जितसम्म पुग्न १० को औसतमा रन बनाउनुपर्ने दबाब छ। पछिल्लो ५ ओभरमा ३३ रन जोड्दा ३ महत्त्वपूर्ण विकेट गुमाएपछि चितवन कठिन मोडमा पुगेको छ।

ताजा अवस्थामा उसामा मिर २ र अशोक धामी शून्य रनमा अविजित छन् भने कमल ऐरी र रिजन ढकाल ब्याटिङका लागि आउन बाँकी छ। ३.४ ओभरमा ३५ रन हुँदा देव खनाललाई १४ रनमा गुमाएको चितवनको इनिङ्स त्यसपछि लगातार धराशायी बन्यो।

विकेटकिपर कामिल मिशाराले १७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २५ रन तथा कुशल मल्लले १५ बलमा १ चौका र १ छक्कासहित १८ रन जोडे पनि अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्।

चितवनका कप्तान सिकन्दर राजा २, विवेक यादव ६, ड्यान माउसली ८ र सलाहुद्दिन खान ७ रनमै आउट भए।

चितवनको ब्याटिङ क्रम ध्वस्त पार्न कर्णालीका हुसेन तलातले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिए। यस्तै, पवन सर्राफले ४ ओभरमा १९ रन तथा मार्क वाटले ३ ओभरमा २७ रन दिएर समान २-२ विकेट हात पारे भने सोमपाल कामीले १ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो। कर्णालीका लागि हुसेन तलातले ३३ बलमा २ चौका र ३ छक्काको मद्दतले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

सुरुवातमा अरिफुल इस्लामले १५ बलमै ४ चौका र २ छक्कासहित ३५ रनको विस्फोटक इनिङ्स खेलेका थिए। तर मध्यक्रममा कप्तान डेभिड मिलर ५, विकेटकिपर दीपक डुम्रे ७, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भएपछि कर्णाली १२.२ ओभरमा ८०-६ को नाजुक स्थितिमा पुगेको थियो।

त्यसपछि तलातसँगै गुलशन झाले ६ बलमा १ चौका र २ छक्कासहित १८ रन जोडेर टिमलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्‍याए। पवन सर्राफले १५ र नन्दन यादवले अविजित २ रन बनाए भने सचिन शर्मा शून्यमा आउट भए।

बलिङतर्फ चितवनका कप्तान सिकन्दर राजाले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। कमल ऐरीले ४ ओभरमा २० रन, सलाहुद्दिन खानले २ ओभरमा १९ रन र उसामा मिरले ३ ओभरमा ३१ रन खर्चेर समान २-२ विकेट लिए। रिजन ढकालले ४ ओभरमा ३५ रन दिएर १ विकेट हात पारे।

प्रकाशित: २९ कार्तिक २०८३ १५:५१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
कर्णालीले गुमायो सातौँ विकेट

कर्णालीले गुमायो सातौँ विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओ...

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Arthasansar
8m ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
11m ago
एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
12m ago
हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →

Related Stories

Sports
Build #2612