Trending
Prev Story
Next Story

कर्णालीको सान्त्वना जितपछि चितवन चौथोमा

Ekantipur •
November 15, 2026 • 11:02 AM
3
3 reads 0 reactions

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा शुक्रबार चितवन राइनाजेलाई २४ रनले हराएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र ६ अंक बटुल्न सफल रह्यो ।

कर्णालीको सान्त्वना जितपछि चितवन चौथोमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा शुक्रबार चितवन राइनाजेलाई २४ रनले हराएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र ६ अंक बटुल्न सफल रह्यो ।

काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा शुक्रबार चितवन राइनाजेलाई २४ रनले हराएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र ६ अंक बटुल्न सफल रह्यो ।

चितवन भने यसअघि नै प्ले–अफ पुगिसकेको हो । हारले चितवन ७ अंकमै सीमित रहेर चौथो स्थानमा रह्यो । चितवन ७ अंकमै प्ले–अफ पुग्ने पहिलो टिम पनि भएको छ । जितका लागि १ सय ५४ रन पछ्याएको चितवनले जवाफमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओपनर कमिल मिसराले २५ रन बनाए । यस्तै उस्मा मिरले २३ बलमा नटआउट २८ रन बनाए र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीका बलरमध्ये हुसेन तलतले १७ रनमा तीन विकेट लिए ।

यसअघि कर्णालीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो र यसक्रममा ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । त्यसमा तलतले ३३ बलको सामना गरेर ५१ रन बनाए र नटआउट पनि रहे । त्यसमा दुई चौका र तीन छक्का सामेल थियो ।

अर्का नटआउट ब्याटर नन्दन यादवले दुई रन बनाए । यसअघि ओपनर सचिन शर्मा शून्यमै आउट भएका थिए भने दीपक डुम्रेले पनि सात रन मात्र बनाए । कप्तान डेविड मिलरले पनि खासै ठूलो योगदान दिन सकेनन् । उनी पाँच रन बनाएर आउट भए ।

अर्को ओपनर अरिफुल इस्लामले भने १५ बलमा ३५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । सोमपाल कामीले चार र मार्क वाटले ६ रनको मात्र योगदान गरे । गुल्सन झाले भने ६ बलमा १८ रन जोडे । कमल ऐरी, सलाहुद्दिन खान र उस्मा मीरले दुई दुई विकेट हात पारे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
16m ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Onlinekhabar
21m ago
हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालीले चितवनलाई हरायो

२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल …

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Hamro Patro News
26m ago
चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी

चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी

काठमाडौँ । हुसैन तलातले अविजित ५१ रन बनाउनुका साथै तीन विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । लिग चरणको अन्तिम खेल जिते पनि कर्णाली प्लेअफमा प...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Nagarik News
4h ago
एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

एनपिएल : चितवनविरुद्ध ब्याटिङ गर्दै कर्णाली

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612