२९ कात्तिक, काठमाडौं । हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।
यसअघि नै प्लेअफ होडबाट बाहिरिएको कर्णालीले लिग चरणको अन्तिम खेल जित्दै प्रतियोगिता सकाएको हो । सुरुवाती दुई खेल जितेको कर्णालीले त्यसपछि लगातार चार खेल हारेको थियो ।
उता चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । ७ खेलमा ७ अंक नै जोडेको चितवन लिग चरणमा चौथो भयो । चितवनले एलिमिनेटर खेल्नेछ ।
कर्णाली याक्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १९.१ ओभरमा सबै विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि तललते ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा सर्वाधिक ३ विकेट लिए ।
चितवनका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका उसामा मिरले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । उनले २३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । ओपनर कमिल मिशाराले १७ बलमा समान २ चौका र छक्का मदतमा सर्वाधिक २५ रन बनाए । देव खनालले १३ बलमा ३ चौका प्रहार गरी १४ रन जोडे ।
कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । तर त्यसपछि ठूलो साझेदारी बन्न सकेन । कप्तान सिकन्दर राजा २, विवेक यादव ६ र डान मोस्ली ८ रन बनाएर आउट हा चितवनले ६४ रनमा ५ विकेट गुमाएको थियो ।
त्यसपछि कुशल मल्ल र सलाउद्दिन खानले इनिङ्स सम्हाल्ने प्रयास गरेपछि २० रनको साझेदारीपछि आउट भए । कुशल मल्लले १५ बलमा १ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । सलाउद्दिन खान ७ रनमा आउट भए ।
यस सिजन पहिलो खेल खेलेका अशोक धामी ११ रन बनाएर आउट भए । कमल सिंह ऐरी र रिजन ढकाल समान १ रनमा आउट भए । बलिङका कर्णालीका लागि हुसेन तलतले ३.१ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । मार्क वाट र पवन सर्राफले २-२ तथा सोमपाल कामीले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले हुसेनत तलतको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
कर्णालीका लागि हुसेन तलते ३३ बल खेल्दै २ चौका र १ छक्का मदतमा अविजित ५१ रन बनाए । ओपनर अरिफुल इस्लामले आक्रमक ब्याटिङ गर्दै १५ बलमा ४ चौका र २ छक्का मदतमा ३५ रन जोडे । पवन सर्रफले २१ बलमा २ छक्का मदतमा १५ रन बनाए । गुल्सन झाले अन्तिमतिर ६ बलमा १ चौका र २ छक्का मदतमा आक्रमक १८ रन बनाए ।
यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका चसिन शर्मा खाता नखोली आउट भए । दिपक डुम्रे ७, कप्तान डेभिड मिलर ५, सोमपाल कामी ४ र मार्क वाट ६ रनमा आउट भए । नन्दन यादव २ रनमा अविजित रहे ।
बलिङमा चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले २-२ विकेट लिए । यस्तै रिजन ढकाल र कप्तान सिकन्दर राजाले १-१ विकेट लिए ।