काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सले सातौँ विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १७ ओभरमा सात विकेट गुमाएर १२२ रन बनाएको छ ।
कर्णालीका मार्क वाट ६ रन बनाएर आउट भए । उनलाई उसामा मिरले ड्यान माउज्लीको हातबाट क्याच गराएका हुन् । उसामाको यो व्यक्तिगत दोस्रो विकेट हो । कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ३५ रन बनाए । हुसेन तलात ३१ रनमा अविजित छन् भने गुल्सन झाले तीन बलमा ११ रन बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )