Trending
Prev Story
Next Story

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

Nagarik News •
November 16, 2026 • 04:18 AM
4
4 reads 0 reactions

विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनले बताए।

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताएका छन्।

सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताए। अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उनको भनाइ छ।

कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनुहुँदैन। क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खला विकास हुनुपर्छ। विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उनले बताए।

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो। सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो। उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ।

तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गरेका छन्। अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ।

ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई दबाब दिँदै आएकाम छन्। हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ।

यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे छलफल हुने अपेक्षा गरिएको छ। कार्नीले शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे प्रगति भएको तर केही मतभेद बाँकी रहेको बताएका थिए। एपी

प्रकाशित: ३० कार्तिक २०८३ १०:०३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1h ago
अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य हुनसक्छ : कार्नी

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा लाग्ने भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो

#क्यानाडा #सहकार्य #सवारीसाधन
Compare →
Bizshala
5m ago
युक्रेनमा इन्टरनेट सेवा सुस्त, प्रतिबन्ध हटाउन अमेरिका र मस्कसँग जेलेन्स्कीको आग्रह

युक्रेनमा इन्टरनेट सेवा सुस्त, प्रतिबन्ध हटाउन अमेरिका र मस्कसँग जेलेन्स्कीको आग्रह

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सरकार र एलन मस्कसँग युक्रेनको सुरक्षा सुनिश्चित गर्न...

#बताए #अमेरिका
Compare →
Hamro Patro News
2d ago
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

#सहकार्य
Compare →

Related Stories

World News
Build #2612