शनिबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।
मुगु — मुगुमा पिकअप जिप दुर्घटनामा परी गम्भीर घाइते भएका अन्जु थापा र कञ्चन थापालाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई मुगुबाट सुर्खेत ल्याइएको थियो। सुर्खेतबाट सेनाकै स्काई ट्रकमार्फत काठमाडौं पठाइएको हो।
दुर्घटनामा मृत्यु भएका तीन जनाको शव ल्याउन नेपाली सेनाको हेलिकप्टर पुनः मुगु जाने तयारी गरिएको छ। हेलिकप्टरबाट शव सुर्खेत ल्याउने र त्यसपछि व्यवस्थापन गर्ने विषयमा सम्बन्धित निकायबीच छलफल भइरहेको छ।
शनिबार दिउँसो करिब ४ बजे मुगुको छायाँनाथ रारा नगरपालिका क्षेत्रमा पिकअप जिप दुर्घटना भएको थियो। दुर्घटनामा पाँच जना घाइते भएका थिए भने तीन जनाको मृत्यु भएको थियो।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।