Trending
Prev Story
Next Story

मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

Ekantipur •
November 16, 2026 • 03:32 AM
4
4 reads 0 reactions

मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ।

मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ।

सुर्खेत — मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ। आइतबार दिउँसो करिब ४ बजे छायाँनाथ रारा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट नजिक पिकअप भ्यान दुर्घटनामा परेको थियो।

सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको भ्यान रारा जाने कच्ची सडकखण्डबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी पवनकुमार भण्डारीले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर वा जहाजको व्यवस्था मिलाइदिन गृह मन्त्रालयलाई अनुरोध गरेका छन्।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगु दुर्घटना : दुई गम्भीर घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

मुगुमा भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिने भएको छ।

#मुगु #दुर्घटना #भ्यान
Compare →
Onlinekhabar
6m ago
यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

यी हुन् कावासोती बस दुर्घटनाका घाइतेहरू

३० कात्तिक, काठमाडौं । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३३ पुगेको छ । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे …

#दुर्घटना #घाइते
Compare →
Hamro Patro News
52m ago
नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेक...

#दुर्घटना #घाइते
Compare →
Bizshala
18h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →

Related Stories

World News
Build #2612