Trending
Prev Story
Next Story

काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो

Nagarik News •
November 16, 2026 • 02:50 AM
4
4 reads 0 reactions

दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।

काठमाडौं आउँदै गरेको बस कावासोतीमा पल्टियो

नवलपुरको कावासोती नगरपालिका-११ लोकाहास्थित पूर्व-पश्चिम राजमार्गमा काठमाडौं आउँदै गरेको यात्रुवाहक बस पल्टिँदा २५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ६:४० बजे धनगढीबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो।

दुर्घटनामा २५ जना सामान्य तथा मध्यम घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:३५ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, २५ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१–००१ ख ३४७५ नम्बरको ...

#काठमाडौं #घाइते #दुर्घटना
Compare →
Onlinekhabar
2h ago
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम …

#घाइते #कावासोती #दुर्घटना
Compare →
Ekantipur
2h ago
मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

मुगु दुर्घटनाका दुई गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ।

#घाइते #दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2612