Trending
Prev Story
Next Story

एआई प्रयोग गरेर ३०० करोड भारु लुटियो, साना वित्तीय संस्था बने मुख्य निशाना

Bizshala •
October 29, 2026 • 08:34 AM
2
2 reads 0 reactions

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै भारतका साना गैरबैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) माथि...

एआई प्रयोग गरेर ३०० करोड भारु लुटियो, साना वित्तीय संस्था बने मुख्य निशाना

काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै भारतका साना गैरबैंकिङ वित्तीय कम्पनीहरू (एनबीएफसी) माथि श्रृंखलाबद्ध साइबर हमला भएको छ। पछिल्लो करिब दुई महिनामा मात्रै साइबर अपराधीहरूले यस्ता संस्थाबाट करिब ३०० करोड भारतीय रुपैयाँ चोरी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

साइबर हमलाको मुख्य निशानामा तुलनात्मक रूपमा कमजोर साइबर सुरक्षा संरचना भएका साना वित्तीय कम्पनी परेका छन्। विशेषगरी करिब १ हजार करोड भारु वा सोभन्दा कम कारोबार भएका संस्थाहरू बढी प्रभावित भएको बताइएको छ।

यो प्रकरणमा हालसम्म भारतभर करिब १५० वटा उजुरी वा एफआईआर दर्ता भइसकेका छन्। पछिल्लो डेढ महिनायता यस्ता आक्रमण अस्वाभाविक रूपमा बढेको र केही संस्थामाथि पटकपटक हमला भएको अनुसन्धानमा संलग्न स्रोतलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ।

एउटै कम्पनीबाट दुईपटकमा झण्डै १५ करोड चोरी

दिल्लीस्थित एउटा एनबीएफसीमाथि मात्रै छोटो अवधिमा दुईपटक साइबर आक्रमण भएको छ। पहिलो आक्रमणमा कम्पनीले करिब ७.५ करोड भारु गुमाएको थियो भने केही दिनपछि पुनः भएको आक्रमणमा थप ७.२५ करोड भारु चोरी भएको जनाइएको छ।

यस घटनापछि भारतीय साइबर सुरक्षा निकायहरूले साना वित्तीय संस्थालाई तत्काल आफ्नो साइबर सुरक्षा प्रणाली अपग्रेड गर्न र नियमित सुरक्षा परीक्षण गर्न सुझाव दिएका छन्।

अक्टोबर १५ सम्मको तथ्याङ्कअनुसार भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) मा ८ हजार ५०२ एनबीएफसी दर्ता छन्।

चिनियाँ ह्याकिङ प्लेटफर्मको कनेक्सन

केही घटनाको अनुसन्धान पूरा हुँदा हमलामा CyberStrike नामको चिनियाँ ह्याकिङ प्लेटफर्मको प्रयोग भएको देखिएको रिपोर्टमा उल्लेख छ।

अनुसन्धानकर्ताहरूले CyberStrike सँगै Artex नामको अर्को चिनियाँ एआई टुलकिटसमेत प्रयोग भएको आशंका गरेका छन्। त्यस्तै, DeepSeek, Alibaba को Qwen, Moonshot को Kimi र Zhipu को GLM जस्ता ओपन–सोर्स एआई मोडल प्रयोग गरेर वित्तीय संस्थालाई निशाना बनाउने प्रयास भइरहेको अनुसन्धानकर्ताको दाबी छ।

यस्ता गतिविधि भारतमा मात्रै सीमित नरहेको र जापान तथा दक्षिण कोरियाका कम्पनीसमेत निशानामा परेको जनाइएको छ।

रिपोर्टअनुसार Artex प्रयोग गरेर विश्वभर २ हजार २५० भन्दा बढी संस्था निशानामा परिसकेका छन् भने प्रत्येक महिना हजारौँ शंकास्पद लगइन प्रयास हुने गरेका छन्।

पहिला १०–१२ दिन रेकी त्यसपछि आक्रमण

साइबर अपराधीले कुनै वित्तीय संस्थामा आक्रमण गर्नुअघि करिब १० देखि १२ दिनसम्म त्यस संस्थाको प्रणाली र कार्यप्रणाली अध्ययन गर्ने गरेको अनुसन्धानले देखाएको छ।

उनीहरूले संस्थाको सिस्टममा रहेको कमजोरी पत्ता लगाउने, पहुँच भएका आईडी तथा प्रयोगकर्ताको विवरण संकलन गर्ने र त्यसपछि मात्रै आक्रमण गर्ने गरेका छन्।

विशेषज्ञहरूका अनुसार कतिपय साना वित्तीय संस्थालाई आफूले कस्तो साइबर पूर्वाधार राख्नुपर्छ र कति अवधिमा सुरक्षा अडिट गर्नुपर्छ भन्नेबारेसमेत पर्याप्त जानकारी नहुँदा जोखिम थप बढेको छ।

यस प्रकारको साइबर अपराधमा एआईको प्रयोगले ठगीलाई अझ विश्वसनीय बनाइदिएको छ।

साइबर सुरक्षा कम्पनी Cyble का कार्यकारी उपाध्यक्ष मन्दर पाटिलका अनुसार ठगी गर्ने व्यक्तिले ग्राहकको नाम, ऋण लिएको संस्थाको नाम र ऋण रकमजस्ता विवरण थाहा पाएपछि फोन गर्ने व्यक्ति वास्तविक संस्थाबाटै सम्पर्कमा आएको जस्तो देखिन सक्छ।

त्यसपछि लार्ज ल्याङ्ग्वेज मोडल (एलएलएम) प्रयोग गरेर हिन्दी, तमिल वा अन्य स्थानीय भाषामा स्वाभाविक संवादको स्क्रिप्ट तयार गरी ग्राहकलाई झुक्याउन सकिने उनले बताएका छन्।

यसले परम्परागत फिसिङ र फोन ठगीलाई थप परिष्कृत बनाइदिएको छ।

नेपालका वित्तीय संस्थाका लागि पनि चेतावनी

भारतमा देखिएको पछिल्लो घटनाले नेपालका बैंक तथा वित्तीय संस्था, लघुवित्त, सहकारी र डिजिटल भुक्तानी सेवा प्रदायकका लागि समेत साइबर सुरक्षा थप संवेदनशील विषय बनेको संकेत गर्छ।

वित्तीय कारोबार डिजिटल माध्यममा केन्द्रित हुँदै जाँदा कमजोर पासवर्ड, पुरानो सफ्टवेयर, नियमित सुरक्षा अडिटको अभाव र कर्मचारी तहमा कमजोर साइबर सचेतनाले ठूलो वित्तीय क्षतिको जोखिम निम्त्याउन सक्छ।

विशेषगरी साना संस्थाले साइबर सुरक्षालाई खर्चको विषयभन्दा पनि सञ्चालन जोखिम व्यवस्थापनको अनिवार्य हिस्साका रूपमा लिनुपर्ने आवश्यकता भारतमा देखिएको पछिल्लो घटनाले उजागर गरेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी

काठमाडाैँ । युरोपेली संघ (ईयू) का नेताहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विकास, लगानी विस्तार तथा सदस्य राष्ट्रबिचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै युरोपको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्ध...

#एआई
Compare →
Onlinekhabar
2h ago
नेपालमा एआई र उद्योग ४.०

नेपालमा एआई र उद्योग ४.०

नेपालको आर्थिक विकाससम्बन्धी बहसमा लामो समयदेखि पूर्वाधार निर्माण, जलविद्युत् उत्पादन, पर्यटन विस्तार, वैदेशिक लगानी आकर्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिँदै आएको छ। यी सबै विषय नेपालको समृद्धिका लागि उत्तिकै महत्त्वपूर्ण छन्। तर अब एउटा नयाँ एजेन्डालाई विकासको केन्द्रमा राख्न आवश्यक छ- हामीले निर्माण गर्ने पूर्वाधार, स्थापना गर्ने उद्योग र परिचालन गर्ने लगानीलाई कसरी प्रविधिमैत्री, प्रतिस्पर्धी, उत्पादनशील र भविष्यका लागि तयार बनाउने ? विश्व अर्थतन्त्र एआई, रोबोटिक्स, इन्टरनेट अफ थिङ्स, औद्योगिक स्वचालन, बिग डेटा, क्लाउड कम्प्युटिङ र स्मार्ट उत्पादन प्रणालीको प्रभावबाट तीव्र रूपमा परिवर्तन भइरहेको छ। उत्पादन लागत घटाउने, गुणस्तर सुधार गर्ने, ऊर्जा खपत कम गर्ने, आपूर्ति शृङ्खला प्रभावकारी बनाउने र नयाँ बजारमा प्रवेश गर्ने प्रतिस्पर्धा अब परम्परागत उत्पादन क्षमतामा मात्र सीमित छैन। उद्योगले प्रविधिलाई कति प्रभावकारी रूपमा प्रयोग गर्न सक्छ भन्ने विषय पनि उत्तिकै निर्णायक बनेको छ। यस्तो अवस्थामा नेपालका लागि कृत्रिम बुद्धिमत्ता र उद्योग ४.० मा लगानी गर्नु केवल आधुनिक प्रविधि भित्र्याउने विषय होइन। यो नेपालको औद्योगिकीकरणको आधार बलियो बनाउने, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मकता बढाउने, नयाँ रोजगारी सिर्जना गर्ने र स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने रणनीतिक अवसर हो। नेपालले यो अवसरलाई समयमै पहिचान गर्न सकेमा सीमित औद्योगिक आधारबाट पनि प्रविधिमा आधारित नयाँ विकासको बाटो खोल्न सक्छ। तर त्यसका लागि ठूला पूर्वाधार परियोजनादेखि साना तथा मझौला उद्योग, वैदेशिक प्रत्यक्ष लगानीदेखि स्वदेशी उद्यमशीलता र सङ्घीय सरकारदेखि नगरपालिका तथा गाउँपालिकासम्म सबै तहमा एकीकृत दृष्टिकोण आवश्यक छ। मेसिन खरिद गर्नु मात्र होइन प्रविधिमा लगानी उद्योग ४.० लाई बुझ्दा प्रायः रोबोट, स्वचालित मेसिन, सेन्सर, कम्प्युटर र अत्याधुनिक उत्पादन उपकरणको चर्चा गरिन्छ। तर उद्योग ४.० को अवधारणा यतिमा मात्र सीमित छैन। यसले उत्पादन प्रक्रिया, प्रविधि, सङ्गठनात्मक संरचना र उत्पादन तथा सेवाको स्वरूपलाई एकीकृत रूपमा रूपान्तरण गर्ने दृष्टिकोणलाई समेट्छ। उदाहरणका लागि, कुनै उद्योगले आधुनिक मेसिन खरिद गर्दैमा त्यो उद्योग स्वतः स्मार्ट उद्योग बन्दैन। उक्त मेसिनलाई उत्पादन प्रणालीसँग कसरी जोडिएको छ, उत्पादनसम्बन्धी तथ्याङ्क कसरी सङ्कलन गरिन्छ, कर्मचारीले प्रविधि प्रयोग गर्न कति क्षमता राख्छन्, व्यवस्थापनले तथ्याङ्कका आधारमा निर्णय गर्छ कि गर्दैन र ग्राहकको मागअनुसार उत्पादन प्रक्रिया कति छिटो परिवर्तन गर्न सकिन्छ भन्ने विषय बढी महत्त्वपूर्ण हुन्छन्। कृत्रिम बुद्धिमत्ताले यस प्रक्रियालाई अझ प्रभावकारी बनाउन सक्छ। उत्पादन उपकरणमा जडान गरिएका सेन्सरबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर मेसिन बिग्रिनुअघि नै मर्मतको आवश्यकता पहिचान गर्न सकिन्छ। उत्पादनमा देखिने त्रुटि पहिचान गर्न, कच्चा पदार्थको खपत अनुमान गर्न, गोदाम व्यवस्थापन सुधार गर्न र बजारको मागअनुसार उत्पादन योजना बनाउन सकिन्छ। नेपालका उद्योगमा यसको सम्भावना उल्लेखनीय छ। खाद्य प्रशोधन, औषधि उत्पादन, सिमेन्ट, फलाम तथा स्टिल, कपडा, गलैँचा, …

#एआई
Compare →
Arthasansar
22h ago
बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

बैंक तथा वित्तीय संस्थाको निक्षेप ८५ खर्ब माथि, सीडी रेसियो कति ?

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रकम निरन्तर रुपमा बढी रहेको छ । केन्द्रीय...

#वित्तीय
Compare →
Ekantipur
2d ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

कोप–३१ को नेपाल पेभिलियनमा आयोजित छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जलवायुजन्य विपद्पछिको पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताए ।

#वित्तीय
Compare →
Nagarik News
2d ago
जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

जलवायु विपद्को भार नेपालले एक्लै धान्न सक्दैन, विशेष वित्तीय प्याकेज चाहियो: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालजस्ता जोखिममा रहेका मुलुकलाई विशेष अन्तर्राष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन्।

#वित्तीय
Compare →

Related Stories

Business & Economy
Build #2612