Trending
Prev Story
Next Story

भारतको ईभी निर्यातमा मारुति सुजुकीको राज, ९३ प्रतिशत बजार हिस्सा

Bizshala •
October 29, 2026 • 08:34 AM
2
2 reads 0 reactions

काठमाण्डौ । भारतमा बनेका विद्युतीय गाडीको निर्यातमा मारुति सुजुकीले लगभग एकाधिकारजस्तै दबदबा कायम गरेको छ। कम्पनीले...

भारतको ईभी निर्यातमा मारुति सुजुकीको राज, ९३ प्रतिशत बजार हिस्सा

काठमाण्डौ । भारतमा बनेका विद्युतीय गाडीको निर्यातमा मारुति सुजुकीले लगभग एकाधिकारजस्तै दबदबा कायम गरेको छ। कम्पनीले सन् २०२५ अगस्टदेखि हालसम्म ५० हजार युनिटभन्दा बढी विद्युतीय कार विदेशी बजारमा पठाइसकेको जनाएको छ।

कम्पनीका अनुसार सन् २०२६ को अप्रिलदेखि सेप्टेम्बरसम्म भारतबाट निर्यात भएका विद्युतीय यात्रुवाहक गाडीमध्ये करिब ९३ प्रतिशत हिस्सा मारुति सुजुकीकै रहेको छ। यससँगै भारतको ईभी निर्यात बजारमा कम्पनी सबैभन्दा प्रभावशाली निर्यातकर्ताका रूपमा उभिएको छ।

मारुति सुजुकी आर्थिक वर्ष २०२५/२६ मा पनि भारतको सबैभन्दा ठूलो विद्युतीय कार निर्यातकर्ता बनेको थियो। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म पनि कम्पनीले सोही अग्रता कायम राखेको छ।

कम्पनीले भारतमा उत्पादन गरेका विद्युतीय कार हाल करिब ५० देशमा निर्यात भइरहेका छन्। बेलायत नर्वे जर्मनी जापान र स्विट्जरल्यान्डलगायतका बजारमा कम्पनीका ईभी पुगिरहेका छन्।

युरोप मारुति सुजुकीका विद्युतीय गाडीका लागि सबैभन्दा ठूलो विदेशी बजार बनेको छ। विकसित मुलुकमै भारतीय उत्पादनका विद्युतीय गाडीको माग बढ्नुले भारतको अटो उद्योगको उत्पादन क्षमता र प्रतिस्पर्धात्मकता बलियो बन्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ।

मारुति सुजुकीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हिसाशी टेकुचीले यो उपलब्धिले भारतको आधुनिक अटोमोबाइल उत्पादन क्षमता र विश्व बजारमा बढ्दो प्रतिस्पर्धी हैसियत देखाएको बताएका छन्।

कम्पनीका विद्युतीय गाडी गुजरातस्थित हंसलपुर प्लान्टमा उत्पादन हुँदै आएका छन्। उक्त प्लान्ट सुजुकीको पहिलो विश्वव्यापी ब्याट्री इलेक्ट्रिक भेहिकल उत्पादन केन्द्र हो।

हालै उक्त प्लान्टको वार्षिक उत्पादन क्षमता बढाएर १० लाख गाडी पुर्‍याइएको छ। एउटै उत्पादनस्थलमा १० लाख गाडी उत्पादन गर्न सक्ने क्षमता विकास गरिएको यो सुजुकीको विश्वकै पहिलो प्लान्ट रहेको कम्पनीले जनाएको छ।

विद्युतीय गाडीमा मात्रै नभई समग्र यात्रुवाहक गाडी निर्यातमा पनि मारुति सुजुकीको बलियो उपस्थिति छ। कम्पनी लगातार पाँच वर्षदेखि भारतको सबैभन्दा ठूलो यात्रुवाहक गाडी निर्यातकर्ता रहँदै आएको छ।

सन् २०२६ को अप्रिलदेखि सेप्टेम्बरसम्म भारतबाट विदेश निर्यात भएका यात्रुवाहक गाडीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा मारुति सुजुकीको रहेको कम्पनीको दाबी छ।

मारुति सुजुकीले हाल करिब १२० देशमा १६ वटा मोडल निर्यात गर्दै आएको छ। पछिल्लो ईभी निर्यात तथ्यांकले भारतीय गाडीको विश्व बजारमा माग बढ्दै गएको मात्र होइन भारतलाई आगामी वर्षहरूमा ठूलो ईभी उत्पादन तथा निर्यात हबका रूपमा स्थापित गर्ने सम्भावनासमेत बलियो हुँदै गएको देखाएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#भारत
Compare →
Nagarik News
4h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Ekantipur
17h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Onlinekhabar
19h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

Business & Economy
Build #2612