Trending
Prev Story
Next Story

एकै महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति, युएई पहिलो रोजाइ

Arthasansar •
October 27, 2026 • 08:32 AM
3
3 reads 0 reactions

रोजगारीको खोजीमा विदेशिने नेपाली श्रमिकहरूको संख्या निरन्तर उच्च रहँदै आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले...

एकै महिनामा ७३ हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति, युएई पहिलो रोजाइ

रोजगारीको खोजीमा विदेशिने नेपाली श्रमिकहरूको संख्या निरन्तर उच्च रहँदै आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको असोज महिना (सेप्टेम्बर १७ देखि अक्टोबर १७) को पछिल्लो प्रतिवेदन अनुसार एक महिनाको अवधिमा ७३ हजार ७ सय ६५ जना नेपाली नागरिकले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जाने कुल संख्यामध्ये ६३ हजार ३ सय ७७ जना पुरुष (८५.९१ प्रतिशत) र १० हजार ३ सय ८८ जना महिला (१४.०८ प्रतिशत) रहेका छन्। पहिलोपटक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने (पुनः श्रम स्वीकृति बाहेक) को संख्या ४३ हजार ५ सय ५९ रहेको छ, जसमा ३६ हजार ५ सय ५७ पुरुष र ७ हजार २ जना महिला छन्। त्यस्तै, ३० हजार २ सय ६ जना (पुरुष २६ हजार ८ सय २० र महिला ३ हजार ३ सय ८६) ले पुनः श्रम स्वीकृति (रि-इन्ट्री) लिएर पुरानै गन्तव्यमा फर्किएका छन् ।

गन्तव्य मुलुकको अवस्था : खाडी मुलुककै वर्चस्व, युएई शीर्ष स्थानमा

प्रतिवेदन अनुसार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्यका रूपमा अझै पनि खाडी मुलुक र मलेसिया अग्रपंक्तिमा रहेका छन्। असोज महिनामा मात्रै विश्वका १०६ भन्दा बढी देशका लागि नेपालीले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा धेरै श्रमिक युनाइटेड अरब इमिरेट्स (युएई) गएका छन्। युएईका लागि मात्रै २३ हजार ८ सय ९९ जना (पुरुष २०,२५९ र महिला ३,६४०) ले श्रम स्वीकृति पाएका छन्, जुन कुल संख्याको ३२.३९ प्रतिशत हो।

प्रमुख गन्तव्य मुलुकहरू र श्रमिककाे संख्या १.युएई :२३,८९९ २.कतार :११,४९७ ३.मलेसिया :९,६५३ ४.साउदी अरेबिया :८,३६६ ५.कुवेत :५,०२७ ६.रोमानिया :२,४७८ ७.जापान :१,४९५ ८.टर्की :१,१०३ ९.दक्षिण कोरिया :१,०४१ १०.ओमान :१,०३१

युरोपेली मुलुकहरूमध्ये रोमानिया नेपाली श्रमिकको सबैभन्दा ठूलो रोजाइ बनेको छ। त्यस्तै बुल्गेरिया (५९१), माल्टा (५६७), क्रोएसिया (५१२) र पोल्याण्ड (१७५) मा पनि नेपाली श्रमिकहरूको आकर्षण बढ्दो छ।

महिला श्रमिकहरूको उपस्थितिलाई हेर्दा युएई (३,६४०), कुवेत (१,४०७) र कतार (१,२४३) पछि युरोपेली टापु राष्ट्र साइप्रसमा उल्लेख्य देखिएको छ। साइप्रस जाने कुल ९४५ श्रमिकमध्ये ७४९ जना महिला र १९६ जना मात्र पुरुष छन्। त्यस्तै माल्दिभ्सका लागि श्रम स्वीकृति लिने ७१६ जनामध्ये ३६४ महिला रहेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1h ago
रोमानिया नेपाली कामदारको नयाँ गन्तव्य

रोमानिया नेपाली कामदारको नयाँ गन्तव्य

पछिल्लो समय वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक रोमानियामा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको संख्या बढेको छ।

#श्रम #रोजगारी #वैदेशिक
Compare →
Hamro Patro News
1d ago
बदलिँदो श्रम गन्तव्य : युरोप जान हानथाप, सरकारी कूटनीतिक पहल र नियमन कमजोर

बदलिँदो श्रम गन्तव्य : युरोप जान हानथाप, सरकारी कूटनीतिक पहल र नियमन कमजोर

काठमाडौँ । नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेशी भूमिमा पसिना बगाउनु नेपाली युवाको बाध्यता हो । कुनै समय खाडी मुलुक नेपाली श्रमिकहरूको प्रमुख र एकमात्र रोजाइमा पर्ने गरेकोमा पछिल्लो समय श्...

#श्रम
Compare →

Related Stories

National (Nepal)
Build #2612