Trending
Prev Story
Next Story

पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

Nagarik News •
November 13, 2026 • 11:46 AM
3
3 reads 0 reactions

अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।

पहिलोपटक तौल घटाउने औषधि स्वीकृत, चीनले ल्यायो चक्की

चीनले पहिलोपटक मुखबाट सेवन गरिने जीएलपी-१ समूहको तौल घटाउने औषधिलाई स्वीकृति दिएको छ।

अमेरिकी औषधि कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि चीनमा ‘मुयौदा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो।

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना भएका वा बढी तौलसँगै कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो। दिनमा एक पटक सेवन गर्नुपर्ने यो औषधि अमेरिकामा पनि सन् २०२६ को अप्रिलमा स्वीकृत भएको थियो।

यो स्वीकृतिसँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी-१ समूहको तौल घटाउने औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ। यसअघि चीनमा एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले सुईमार्फत दिइने जीएलपी-१ समूहका औषधि उपलब्ध गराउँदै आएका थिए।

एली लिलीले चीनमा आधिकारिक स्वास्थ्य संस्था र औषधि वितरकमार्फत औषधि उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ। तर, कम्पनीले यसको मूल्य र बजारमा उपलब्ध हुने निश्चित मिति सार्वजनिक गरेको छैन।

जीएलपी-१ समूहका औषधिले शरीरमा प्राकृतिक रूपमा पाइने भोक नियन्त्रण गर्ने र रगतमा चिनीको मात्रा व्यवस्थापन गर्ने हर्मोनको नक्कल गर्छन्। यसले भोक कम गर्न र तौल घटाउन सहयोग पुर्‍याउँछ। सुईमार्फत दिइने औषधिको विकल्पका रूपमा खाने औषधि ल्याउन औषधि उत्पादक कम्पनीबिच प्रतिस्पर्धा बढिरहेको छ। सुई लगाउन नचाहने मानिसका लागि यस्ता औषधि अर्को विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।

‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्ममा चीनमा बढी तौल वा मोटोपना भएका वयस्कको संख्या ६३ करोड पुग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै, चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको कुल जनसंख्याको ६५ प्रतिशतभन्दा बढीमा बढी तौल वा मोटोपनाको समस्या हुन सक्ने चेतावनी दिएको छ। एजेन्सी

प्रकाशित: २७ कार्तिक २०८३ १७:३१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
23h ago
चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनले पहिलोपटक तौल घटाउने औषधिलाई दियो अनुमति

चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो ।

#औषधि #चीन #स्वीकृत
Compare →
Hamro Patro News
23h ago
चीनमा तौल घटाउने खाने औषधि स्वीकृत

चीनमा तौल घटाउने खाने औषधि स्वीकृत

• चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि 'ओर्फोग्लिप्रोन' स्वीकृत गरेको छ। • यो औषधि मोटोपना र स्वास्थ्य समस्यासँग सम्बन्धित वयस्कहरूको उपचारका लागि प्रयोग हुनेछ। • एली ल…

#औषधि #चीन #स्वीकृत
Compare →
Onlinekhabar
17m ago
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#चीन
Compare →

Related Stories

World News
Build #2612