अन्दाजी १० वर्षका बालक र ३५/४० वर्षकाे देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।
दोलखा — दाेलखाकाे भीमेश्वर नगरपालिका-५ तामाकोसी नजिकै भागे खाेलामा २ जनाको शव फेला परेको छ । रुखकाे जरामा अड्केर बसेकाे अवस्थामा अन्दाजी १० वर्षका बालक र ३५/४० वर्षकाे देखिने महिलाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।
मृत फेला परेका दुवैजना रुखकाे जराले बेरिएकाे अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । दुवैकाे पहिचान खुल्न बाँकी रहेकाे र थप अनुसन्धान भरहेकाे प्रहरीले जनाएकाे छ ।